कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया अस्पताल भर्ना

काठमाण्डौ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन्।
नागरिकता सम्बन्धी कसुरमा गत मंगलबार पक्राउ परेका सिरोहियालाई शुक्रबार अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी भूवनेश्वर तिवारीले जानकारी दिनुभयो । एसपी तिवारीका अनुसार सिरोहियालाई पहिले प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो।
मंगलबार कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालय थापाथलीस्थित कार्यकक्षबाटै पक्राउ परेका सिरोहियालाई सोही दिन धनुषा पुर्याइएको थियो। बुधबार अदालतमा पेश गर्दा सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको थियो।
उक्त म्याद सकेसँगै शुक्रबार उनलाई पुन: अदालतमा पेश गरिएको थियो। उनीमाथि अनुसन्धानका लागि थप तीन दिन म्याद थपिएको छ।

एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाकै ज्यान गएको पुष्टि
काठमाण्डाै । नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्यचाैरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाकै ज्यान गएको पुष्टि भएको छ

नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु
काठमाण्डौ । गोरखाबाट काठमाडौं आउँदै गरेको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको बेलकोट -८ बेतिनीमा दुर्घटनाग्रस्त हुँदा ७ जनाको मृत्यु भएको छ

बाढी पहिरोले ७ वटा राजमार्गका १७ ठाउँमा पूर्ण अवरोध, १ सय ५२ ठाउँमा एकतर्फी गाडी चल्दै
काठमाण्डाै। सडक विभागका अनुसार बर्खायाम शुरु भएपछि बाढी र पहिरोले अवरोध पुर्याएका राजमार्गमध्ये १७ वटा अझै पनि पूर्णरूपमा अवरुद्ध रहेका छन्
प्रतिकृया दिनुहोस