• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024

सिरोहियालाई थप ५ दिन म्याद थप्न सरकारी वकिलको सिफारिस

काठमाण्डौ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पुनः ५ दिनको म्याद थप्न सरकारी वकिल कार्यालयले सिफारिस गरेको छ ।

 

सरकारी वकिल कार्यालयले पहिलो दिन ५  दिनको म्याद थप्न सिफारिस दिएकोमा धनुषा जिल्ला अदालतले तीन दिनको म्याद थपेको थियो । आज पुनः ५ दिनको म्याद थप्न सिफारिस भएको जिल्ला न्यायाधिवक्ता सुदीपकुमार दंगालले बताउनु भएको छ ।

 

उनलाई झण्डै तीन घण्टापछि सरकारी वकिल कार्यालयबाट कडा सुरक्षाबीच धनुषा जिल्ला अदालत लगिएको छ ।

 

नागरिकता कीर्तेसम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियाको पक्षमा शम्भु थापासहित ५ वरिष्ठ अधिवक्ता र ७ जना अधिवक्ता आज बहस गर्ने बुझिएको छ ।

प्रतिकृया दिनुहोस

एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाकै ज्यान गएको पुष्टि

काठमाण्डाै ।  नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्यचाैरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाकै ज्यान गएको पुष्टि भएको छ

नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

काठमाण्डौ । गोरखाबाट काठमाडौं आउँदै गरेको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको बेलकोट -८ बेतिनीमा दुर्घटनाग्रस्त हुँदा ७ जनाको मृत्यु भएको छ

बाढी पहिरोले ७ वटा राजमार्गका १७ ठाउँमा पूर्ण अवरोध, १ सय ५२ ठाउँमा एकतर्फी गाडी चल्दै

काठमाण्डाै। सडक विभागका अनुसार बर्खायाम शुरु भएपछि बाढी र पहिरोले अवरोध पुर्‍याएका राजमार्गमध्ये १७ वटा अझै पनि पूर्णरूपमा अवरुद्ध रहेका छन्