• मंगलबार ३-१२-२०८१/Tuesday 06-25-2024

सिरोहियालाई थप ५ दिन म्याद थप्न सरकारी वकिलको सिफारिस

काठमाण्डौ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पुनः ५ दिनको म्याद थप्न सरकारी वकिल कार्यालयले सिफारिस गरेको छ ।

 

सरकारी वकिल कार्यालयले पहिलो दिन ५  दिनको म्याद थप्न सिफारिस दिएकोमा धनुषा जिल्ला अदालतले तीन दिनको म्याद थपेको थियो । आज पुनः ५ दिनको म्याद थप्न सिफारिस भएको जिल्ला न्यायाधिवक्ता सुदीपकुमार दंगालले बताउनु भएको छ ।

 

उनलाई झण्डै तीन घण्टापछि सरकारी वकिल कार्यालयबाट कडा सुरक्षाबीच धनुषा जिल्ला अदालत लगिएको छ ।

 

नागरिकता कीर्तेसम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियाको पक्षमा शम्भु थापासहित ५ वरिष्ठ अधिवक्ता र ७ जना अधिवक्ता आज बहस गर्ने बुझिएको छ ।

प्रतिकृया दिनुहोस

मुख्यसचिव वैकुण्ठ अर्याल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डौ । मुख्यसचिव वैकुण्ठ अर्याल विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार

नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक, असार २२ गते मतदान गर्ने

काठमाडौँ ।  नेपाल पत्रकार महासङ्घले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । महासङ्घको केन्द्रीय

‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ आज विश्व योग दिवस मनाइँदै

काठमाण्डौ ।  ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ आज विश्व योग दिवस मनाइँदै छ। हरेक वर्षको जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा