• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवद्वारा राजीनामा

काठमाण्डौ ।  उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षसमेत रहेका यादवले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउनुभएको हो ।

 

वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले राजीनामा दिएको यादवले बताउनुभयो । त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री दीपक कार्कीले पनि आजै पदबाट राजीनामा दिनुभएको छ । जसपा राजनीतिक समिति सदस्यसमेत रहेका उहाँले आजै राजीनामा बुझाउनुभएको हो ।

 

मधेश प्रदेश सरकारबाट माओवादी र एमालेले समर्थन फिर्ता लिएलगत्तै जसपा नेपाल सङ्घीय सरकारबाट फिर्ता भएको हो । जसपा नेपालले नेतृत्व गरेको मधेश प्रदेश सरकारबाट माओवादी र एमालेले हिजो समर्थन फिर्ता लिएका हुन् । मधेशमा अब एमाले, माओवादी केन्द्र, जनमत र लोकतान्त्रिक समाजवादी पार्टी मिलेर सरकार बनाउने सहमति भएको छ ।

 

पार्टी विभाजनपछि सत्ता समीकरणमै रहने बताएका यादव जसपा नेतृत्वको मधेश सरकार अल्पमतमा परेसँगै सङ्घीय सरकारबाट बाहिरिनुपर्ने बाध्यात्मक अवस्था आएको हो । केही दिनअघि यादव नेतृत्वको जसपा नेपाल विभाजन भएर अशोक राईको नेतृत्वमा जसपा गठन भएको छ ।

प्रतिकृया दिनुहोस

बाढी पहिरोले ७ वटा राजमार्गका १७ ठाउँमा पूर्ण अवरोध, १ सय ५२ ठाउँमा एकतर्फी गाडी चल्दै

काठमाण्डाै। सडक विभागका अनुसार बर्खायाम शुरु भएपछि बाढी र पहिरोले अवरोध पुर्‍याएका राजमार्गमध्ये १७ वटा अझै पनि पूर्णरूपमा अवरुद्ध रहेका छन्

राष्ट्रपतिबाट संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविदहरुसँगको समेत परामर्शपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थन

नारायणगढ–मुग्लिन सडकमा पहिरोले दुई वटा बस बगायो

काठमाण्डौ ।  नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस  त्रिशूली नदीमा बेपत्ता भएको छ ।   घटनास्थलमा पुग्नुभएका