• बुधबार २-१६-२०८१/Wednesday 05-29-2024

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण : विकल पाैडैलसहित ६ जनाविरुद्ध ४० कराेडभन्दा धेरै बिगाे माग गर्दै मुद्दा दायर

काठमाण्डाै । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सफल श्रेष्ठसहित छ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

 

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ४० करोड रुपैयाँभन्दा धेरै अनियमितता गरेको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो । पौडेल, श्रेष्ठसहित वन तथा वातावरण मन्त्रालयका तत्कालीन सीडीई नवीनकुमार पोखरेल, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा, शाखा अधिकृत हरिवल्लभ घिमिरे र म्याक्स इन्टरनेशनल तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अकबर हुसेनविरुद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

 

सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदका लागि बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुन बमोजिम हुनुपर्नेमा केही सीमित व्यक्ति विशेष वा कम्पनीलाई विना प्रतिस्पर्धा दिइएको अख्तियारले जनाएको छ । अख्तियारले उनीहरूविरुद्ध ४० करोड ७५ लाख ५७ हजार सात सय ४० रुपैयाँ बराबरको बिगो माग गरेको छ ।

 

विकल पौडेलविरुद्ध यो तेस्रो मुद्दा दायर भएको हो । यसअघि अख्तियारले विकलविरुद्ध अमेरिकी स्थायी आवासीय अनुमति पत्र लिएर नेपालको सार्वजनिक पदमा बसेको र अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको थियो । यी मुद्दा विचाराधीन छ ।

प्रतिकृया दिनुहोस

सहकारीसम्बन्धी संसदीय छानबिन समिति गठन

काठमाडौँ ।   प्रतिनिधिसभाको आजको बैठकमा सहकारीका क्षेत्रमा देखिएको समस्याका सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन गरिएको छ ।   सहकारी

आज गणतन्त्र दिवस

काठमाण्डौ । आज गणतन्त्र दिवस मनाइँदैछ । देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन आज दिवसका रूपमा मनाइन्छ ।   सरकारले यसअघि तीन दिन जेठ १४, १५ र १६

जनताको जीवनमा सकारात्मक परिवर्तन देखिनु गणतन्त्रको उपलब्धी : पूर्वराष्ट्रपति भण्डारी (पूर्ण पाठ)

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनतामा सकारात्मक परिवर्तन देखिनु गणतन्त्रको उपलब्धी भएको बताउनुभएको छ ।   १७औँ गणतन्त्र