• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024

राजनीतिक अस्थिरताले विकासका काम अगाडि बढ्न सकेन : केपी ओली

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण विकास निर्माण हुन नसकेको बताउनुभएको छ । एमालेको भौतिक पूर्वाधार तथा यातायात केन्द्रीय विभागले आज (शनिबार) काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा उहाँले राजनीतिक अस्थिरताले विकासका काम अगाडि बढ्न नसकेको बताउनुभएको हो ।

 

ओलीले पूर्वाधार प्रयोग गरेर उद्यमशीलताको विकास गरी त्यसबाट रोजगारीका अवसर सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले कृषिमा आधारित साना मझौला उद्योग स्थापना गरेमा रोजगारी वृद्धिसँगै कृषिजन्य वस्तुमा देश आत्मनिर्भर हुने बताउनुभयो । ओलीले पूर्वाधारको विकास हुँदा कनेक्टिभिटीका क्षेत्रमा रेलवे, हवाईजहाज, विद्युत् विस्तार, संचारको विस्तारमा ठूलो प्रगति गरेको बताउनुभयो ।

 

नेपालजस्तो दुर्गम देशमा उत्पादनले बजार पाउँदैनन् भन्ने ठूलो गुनासो रहेकाले उहाँले केही ठाउँबाहेक त्यस्तो गुनासो नभएको दाबी गर्नुभयो । अध्यक्ष ओलीले हरेक पालिकाका सदरमुकामलाई कालोपत्र बाटोले जोड्न अभियान सञ्चालन गरेको बताउनुभयो ।

 

कार्यक्रममा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पार्टीका नेताले पार्टीको कुरा मात्र नभई पार्टी स्वार्थभन्दा माथि उठेर काम गर्न सके देशको विकास हुने बताउनुभयो । उहाँले आफू भर्खरै मन्त्री भएकाले अब कामको गतिलाई अघि बढाउने र भौतिक क्षेत्रमा राम्रो प्रगति गर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

काठमाण्डौ। उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ ।   ललितपुरको हरिसिद्धिस्थित

भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकतामा राख्न पूर्व राष्ट्रपति भण्डारीको सुझाव

भक्तपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकताकासाथ अगाडि लैजान जनप्रतिनिधिहरूलाई सुझाव

फोनिजले मनायो आफ्नो २५औँ स्थापना दिवस

काठमाण्डौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २५ औँ स्थापना दिवस मनाएको छ ।    आज बिहीबार अनामनगरस्थित तमू बौद्ध समितिहलमा