• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024

रङ्गशालाको निरीक्षणपछि विभिन्न पक्षमा प्रश्न, विश्वकप छनोट खेल हुनेमा शङ्का

काठमाडौ । एएफसीले दशरथ रङ्गशालालाई अन्तर्राष्ट्रिय मान्यता नदिएपछि अर्को महिना यसै मैदानमा विश्वकप छनोट अन्तर्गत नेपालले युएईविरुद्ध खेल्ने खेल हुनेमा शङ्का उत्पन्न भएको छ । एएफसीका पदाधिकारीले रङ्गशालाको निरीक्षणपछि विभिन्न पक्षमा प्रश्न उठाएका थिए ।

 

यसबिच दशरथ रङ्गशालालाई अन्तर्राष्ट्रिय मान्यता दिन एएफसीले माग गरेको विवरण राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले शुव्रmबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई आवश्यक कागजात उपलब्ध गराएको छ । फिफा विश्व कप छनोट र एसियाली छनोटको खेल दशरथ रङ्गशालामा सञ्चालन गर्ने सम्बन्धमा दशरथ रङ्गशालाको अवस्थाबारे एएफसीले प्रारम्भिक अनुगमनपश्चात् माग गरेको विवरण राखेपले एन्फालाई दिएको हो । उक्त विवरण शुव्रmबारै एन्फाले एएफसीमा पठाउने तयारी गरेको छ । एएफसीले एन्फालाई दुवै छनोट प्रतियोगिताका खेल खेलाउन दशरथ रङ्गशाला उपयुक्त हुने आधारसहित चार बुँदे विवरण माग गरेको थियो ।

 

एएफसीले एन्फालाई स्टेडियम सेफ्टी सर्टिफिकेट, इभाक्वुएसन प्लान, कोलर कोडेड फ्लोर प्लान डायग्राम र रिस्क एनालाइसिस स्पेसिफिक टु दी स्टेडियमका विषयमा जानकारी माग गरेको थियो । सो विषयमा एन्फाले राखेपलाई एएफसीमा पठाउन विवरण माग गरेकोमा राखेपले प्राविधिक परामर्शदाताको सहयोगमा अध्ययनपश्चात् तयार पारेको सम्पूर्ण विवरण एन्फालाई दिएको हो ।

 

बिहीबार मात्रै संसदीय व्यवस्था समितिमा दशरथ रङ्गशालाको अवस्थाबारे प्रश्न उठ्दा राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले यही हप्ताभित्र विवरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सदस्य–सचिव टङ्कलाल घिसिङको उपस्थितिमा राखेप अन्तर्गत पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख राजु श्रेष्ठले एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरलाई विवरण हस्तान्तरण गर्नुभयो ।

प्रतिकृया दिनुहोस

अमेरिकाको नर्थक्यारोलिनामा पहिलो नेपाली पुस्तकालय ‘आरम्भ’ स्थापना

काठमाण्डौ । अमेरिकाको नर्थक्यारोलिनामा नेपालीहरूले पहिलो पटक नेपाली पुस्तकालय खोलेका छन् । नेपाली भाषा साहित्यको संरक्षणको लागी अमेरिकाको

बेइजिङ प्लस ३० का लागि एक दिवसीय समीक्षा कार्यशाला गोष्टी सम्पन्न

काठमाण्डौ । महिला मानव अधिकार सम्बन्धी बेइजिङ प्लस ३० का लागि नेपालको आदिवासी जनजाति महिलाहरूको पक्षबाट राष्ट्रिय स्तरको एक दिवसीय समीक्षा

भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकतामा राख्न पूर्व राष्ट्रपति भण्डारीको सुझाव

भक्तपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकताकासाथ अगाडि लैजान जनप्रतिनिधिहरूलाई सुझाव