• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024

 भ्रष्टाचार आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जमानतमा रिहा गर्न सर्वाेच्चकाे आदेश, चुनाव प्रचार गर्न पाउने

काठमाण्डौ । भ्रष्टाचार आरोपमा पक्राउ परेका भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

 

उहाँलाई आउँदो जुन महिनाको १ तारिखसम्म जमानतमा रिहा गर्न सर्वोच्चले आदेश दिएको बीबीसी हिन्दीले जनाएको छ । अदालतले मुख्यमन्त्री केजरीवाललाई जुन २ तारिखमा अदालतमा हाजिर हुन भनेको छ ।

 

अदालतले केजरीवालले रिहा भएको अवधिभर लोकसभा चुनावको प्रचारप्रसार गर्न सक्ने पनि जनाएको छ । सर्वोच्च अदालतले केजरीवाल पक्राउसम्बन्धी मुद्दाको छिटै सुनुवाइ सक्ने पनि जनाएको छ ।

 

सन् २०२२ को अगस्टमा दर्ता भएको मदिरा नीतिमा नीतिगत भ्रष्टचार गरेकोसम्बन्धी मुद्दामा प्रवर्तन निर्देशनालय (ईडी) ले मुख्यमन्त्री केजरीवाललाई गएको मार्च २१ तारिखमा पक्राउ गरेको थियो ।

 

सर्वोच्च अदालतले मुद्दा दर्ता भएको डेढ वर्षपछि केजरीवाललाई किन पक्राउ गरेको भनेर प्रश्न पनि उठाएको छ । लोकसभा चुनावको मिति घोषणा हुनेबित्तिकै केजरीवाललाई पक्राउ गरिनु राजनीतिकक षड्यन्त्र भएको भन्दै विपक्षी दलहरूले आरोप लगाउँदै आएका छन् ।

 

लोकसभा चुनावअन्तर्गत भारतमा तीन चरणको मतदान भइसकेको छ । भारतमा चौथो चरणको मतदान यही मे १३ तारिखमा हुँदैछ । त्यस्तै मे २० मा पाँचौँ, मे २५ मा छैटौँ र जुन १ सातौँ चरणको मतदान हुनेछ ।

प्रतिकृया दिनुहोस

अमेरिकाको नर्थक्यारोलिनामा पहिलो नेपाली पुस्तकालय ‘आरम्भ’ स्थापना

काठमाण्डौ । अमेरिकाको नर्थक्यारोलिनामा नेपालीहरूले पहिलो पटक नेपाली पुस्तकालय खोलेका छन् । नेपाली भाषा साहित्यको संरक्षणको लागी अमेरिकाको

बङ्गलादेशको अन्तरिम सरकार प्रमुख युनुसको शपथ, मन्त्रिपरिषदमा दुई जना विद्यार्थी नेता पनि

एजेन्सी । बङ्गलादेशमा गठन भएको अन्तरिम सरकारको प्रमुखका रुपमा नोबेल पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनुसले शपथ लिनुभएको छ ।   उहाँले अन्तरिम

नोबेल पुरस्कार विजेता युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त

काठमाण्डौ ।  बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन्।   नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद