• बुधबार २-१६-२०८१/Wednesday 05-29-2024

आफूले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोपले रगत जम्ने समस्या ल्याएको एस्ट्राजेनेकाको स्वीकार

खोप निर्माता कम्पनी एस्ट्राजेनेकाले आफूले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप विश्वव्यापी रूपमा फिर्ता लिन सुरु गरेको छ ।

 

आफूले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोपले मानिसमा रगत जम्ने र रगतमा प्लेटलेट्स घट्ने समस्या देखिन सक्ने स्वीकार गरेलगत्तै कम्पनीले खोप फिर्ता गर्न थालेको सामाचार संस्था रोयटर्सले जनाएको छ । खोप वितरण सुरु भएको केही समयदेखि नै खोपका कारण रगत जम्ने समस्या देखिने चर्चा भए पनि कम्पनीले पहिलो पटक स्वीकार गरेको हो ।

 

एस्ट्राजेनेकाले बेलायतको अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर विकास गरेको खोपको प्रयोगले स्वास्थ्यमा गम्भीर असरसँगै मृत्युका घटनासमेत भएको भन्दै अघिल्लो वर्ष कम्पनीविरुद्ध बेलायतको उच्च अदालतमा मुद्दा परेको थियो । त्यही मुद्दाको सुनुवाइका क्रममा एस्ट्राजेनेकाले पहिलो पटक लिखित रूपमा खोपको साइड इफेक्ट्स स्वीकार गरेको हो ।

 

डाक्टरहरूका अनुसार रगत जम्ने समस्याले रक्तसञ्चारमा अवरोध हुन गई शरीरका मुख्य अङ्ग मुटु र मस्तिष्कमा असर गर्छ । यसका कारण धेरैलाई हृदयाघात र मस्तिष्कघात हुने सम्भावना हुन्छ । यस्तो समस्या देखिनेमध्ये झन्डै २० प्रतिशतको ज्यान जाने गरेको छ । खोप लगाएपछि भएको यस्तो समस्यामा बेलायतमा मात्रै कम्तीमा ८१ जनाको ज्यान गएको आशङ्का छ ।

 

सन् २०२१ मा एस्ट्राजेनेका खोप लगाएका मानिसलाई असर देखिएपछि सुरुमा डेनमार्कले यो खोपको प्रयोगमा रोक लगाएको थियो । त्यसपछि अरू थुप्रै देशले पनि प्रयोगमा रोक लगाएका थिए ।

प्रतिकृया दिनुहोस

इजरायलको हवाई आक्रमणमा शरणार्थी शिविरका ५० प्यालेस्टेनीको ज्यान गयो

एजेन्सी । इजरायलले गाजाको रफाह नजिकैको शरणार्थी शिविरमा आक्रमणमा गर्दा त्यहाँ रहेका ५० जना प्यालेस्टेनीको ज्यान गएको छ ।   अरु धेरै घाइते भएका

चीनले ताइवानमा युद्ध अभ्यास सुरु गर्‍यो

ताइवान वरपरको क्षेत्रमा चीनले सैन्य अभ्यास सुरु गरेको छ । यो अभ्यासलाई चीनले पृथकतावादीविरुद्धको कारबाही भनेको छ । ताइवानका नयाँ राष्ट्रपति विलियम

बेलायतका प्रधानमन्त्री ऋषि सुनकद्वारा देशमा आमचुनाव गर्ने घोषणा

एजेन्सी । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा आमचुनाव गर्ने घोषणा गर्नुभएको छ ।   प्रधानमन्त्री सुनकले संसद भङ्ग गर्ने सिफारिस राजाले