• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

बाग्मती प्रदेशमा आजदेखि तामाङ र नेवारी भाषा सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गरिने

काठमाण्डौ ।  बाग्मती प्रदेशमा आजदेखि तामाङ र नेपाल अर्थात् नेवारी भाषा पनि सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन भएको छ ।

 

बाग्मती प्रदेश सरकारले बनाएको प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० आजदेखि लागू भएको हो । यसै अवसरमा आज काठमाण्डौको वसन्तपुरमा विशेष कार्यक्रम भएको छ । बाग्मती प्रदेशकाे संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा नेवार र तामाङ समुदायका झाँकीसहितको र्‍याली निकालिएको छ । अब प्रदेशका सबै मन्त्रालयको नामको साइन बोर्डमा नेपाली भाषासँगै तामाङ र नेपाल भाषा पनि लेखिने छ ।

 

प्रदेश सरकारले गएको कात्तिकमा तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषा हुने राजपत्रमा प्रकाशन गरेको थियो । बाग्मती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

प्रतिकृया दिनुहोस

वर्षात्वसँगै सुदूरपश्चिममा बढ्दै डेङ्गु सङ्क्रमण

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्दैगएको छ । वर्षात्वसँगै डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो । प्रादेशिक स्वास्थ्य

लुम्बिनीमा विवादित दुई सांसदलाई मन्त्री बनाएकोमा बिरोध

काठमाण्डौ ।  लुम्बिनी प्रदेशमा विवादित पृष्ठभूमिका दुई सांसदलाई मन्त्री बनाएकोमा सर्वत्र बिरोध भइरहेको छ । एक महिलाको शंकास्पद मृत्यु र जग्गा

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका नेता बहादुर सिंह लामाद्वारा दाबी पेस

काठमाण्डौ। बागमती प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली काङ्ग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले दाबी पेस गर्नुभएको छ।   मंगलबार एमाले र