• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

मेयर बालेनको कवितासंग्रह ‘अश्र’ सार्वजनिक

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० ले जन्मदिनको अवसर पारेर कवितासंग्रह ‘अश्र’ सार्वजनिक गर्नुभएको छ। सामाजिक सञ्जालमा शुक्रबार कवितासंग्रहको एक तस्विर सार्वजनिक गर्दै मेयरले जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवादसमेत दिनुभएको छ।

 

‘अश्र’मा बालेनले रचना गरेका एक सयभन्दा बढी कविता संग्रहित छन् । संग्रहको पहिलो खण्डमा प्रेम, दोस्रोमा प्रेम–वियोग, तेस्रोमा राजनीति र चौथोमा दर्शनसम्बन्धी छोटा–छोटा कविता समावेश छन् ।

 

कविता संग्रहका हरेक पृष्ठमा कवितासँग मिल्दा स्केच पनि समावेश गरिएका छन् । ६६६ रुपैयाँ मूल्यको कवितासंग्रह बुकहिल पब्लिकेसन प्रालिले प्रकाशन गरेको हो । कवितासंग्रह शनिबारदेखि बजारमा उपलब्ध हुने मेयर बालेनले बताउनभएको छ ।

प्रतिकृया दिनुहोस

राष्ट्रिय एकताको प्रवर्द्धनमा भानुभक्तले विशिष्ट योगदान पुर्‍याउनुभएको छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भानुभक्त आचार्यले भाषा र साहित्यका माध्यमबाट राष्ट्रिय एकताको प्रवर्द्धनका लागि

२०७९ सालको जगदम्बा–श्री सम्मान मुखियालाई र मदन पुरस्कार ‘ऐँठन’ पुस्तकका लेखक ओझालाई प्रदान

काठमाण्डौ । मदन पुरस्कार गुठीले २०७९ सालको जगदम्बा–श्री सम्मान र मदन पुरस्कार प्रदान गरेको छ ।   आज (सोमबार) पाटनमा आयोजित एक विशेष समारोहमा

नर्वेका लेखकलाई नोबेल साहित्य पुरस्कार

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेका लेखक युन फोसालाई प्रदान गरिने भएको छ ।   फोसाको कृतिले ‘व्यक्त गर्न नसकिने कुरालाई नयाँ ढङ्गले