• सोमबार १-२४-२०८१/Monday 05-06-2024

गणतन्त्रको रक्षा गर्न सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्छ : केपी ओली

काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र रक्षा र सबलीकरणमा एकतावद्ध हुन सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । 

 

ललितपुरको गोदावरीमा आज (सोमबार) आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हीरक महोत्सव समारोहमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सबलीकरणको बाटोमा सबै एक ठाउँमा उभिने मिल्ने अवस्था रहेको पनि बताउनुभयो । 

 

उहाँले विद्यमान व्यवस्थालाई माध्यम बनाएर सुशासन र विकासको काममा अघि बढ्नुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले पूर्वराज्ञा ज्ञानेन्द्र शाहप्रति सङ्केत गर्दै प्रतिगमनको कुरा गरेर कहीँ पनि पुग्न नसकिने बताउनुभयो । उहाँले सरकार र वर्तमान सत्तारुढ दलहरुले पनि मुलुकबाट गरिबी हटाउने गरी ठोस योजना बनाउने, भ्रष्टाचारको अन्त्य गर्ने र राष्ट्र र राष्ट्रिय हितको पक्षमा अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले अहिले हामी सरकारमा हुनेहरुको अहिलेको प्रमुख कर्तव्य गरिबीको अन्त्य गर्नु रहेको पनि बताउनुभयो । 

 

ओलीले एमालेले नाजायज ढङ्गले कुनै पनि खालको अडान नराख्ने जिकिर गर्नुभयो । उहाँले तत्काल वामपन्थीहरु एकता हुने अवस्था नरहेको पनि दोहोर्‍याउनुभयो ।

प्रतिकृया दिनुहोस

लोकतान्त्रिक आन्दोलनहरूमा प्रेसको धेरै ठूलो योगदान दिएको छ : राष्ट्रपति पौडेल

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पत्रकारसहित नेपाली दिदीबहिनी तथा

सहकारीको रकम अपचलनको विषयको निष्पक्ष छानबिन गर्न राप्रपाको माग

काठमाण्डौ । राप्रपाले प्रतिनिधिसभा सदस्य गीता बस्नेतको कम्पनीबाट सहकारीको रकम अपचलन भएको भन्ने विषयको छानबिन गर्न माग राखेको छ । पार्टीकी सांसद

एमाले अध्यक्ष ओली पार्टीको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्न परासी जानुहुँदै 

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पार्टीको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्न नवलपरासी जाँदै हुनुहुन्छ । उहाँ भैरवहाबाट हुलाकी सडक