लुम्बिनी प्रदेशका कृषि मन्त्री अहिरले दिए राजीनामा
काठमाण्डौ । लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिनुभएको छ । मन्त्री अहिरको पार्टी जनता समाजवादी पार्टी (जसपा)ले सरकारबाट फिर्ता हुन निर्देशन दिएपछि उहाँले राजीनामा दिनुभएको हो ।
मन्त्री अहिरले शनिबार नै राजीनामा बुझाए पनि आइतबार मात्र सार्वजनिक भएको हो । उहाँले मुख्यमन्त्री जोखबहादुर महराले गत चैत २२ गते आफ्नो पार्टीसँग गरेको लिखित सम्झौता कार्यान्वयन नगरेको भन्दै नेपालको संविधानको धारा १६९ को उपधारा (२) वमोजिम राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता महरा नेतृत्वको सरकारमा गत चैत २५ गते मा चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा जसपाबाट अहिर बिना बिभागिय मन्त्री नियुक्त हुनुभएको थियो । वैशाख ६ गते उहाँले कृषि तथा भूमि व्यवस्था मन्त्रीको जिम्मेवारी पाउनुभएको थियो ।
सरकार गठनका क्रममा सरकारलाई समर्थन गरेका दलबिच भएको सझौताअनुसार जसपालाई सहरी विकास तथा पर्यटन र कृषि तथा भूमि व्यवस्था मन्त्रालय दिने लिखित सझौता भएको थियो ।
प्रदेशसभामा तीनजना सदस्य भएको जसपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको जनाएको छ ।
बागमती प्रदेश सभामा चार समितिको सभापति निर्विरोध निर्वाचित
बागमती प्रदेश सभा अन्तर्गत रहेका पाँच वटा विषयगत समितिमध्ये चार वटा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । शनिबार बसेको
सहकारी प्रकरणमा संसदीय समिति बनाउने सहमति जुट्यो
काठमाण्डौ । शीर्ष नेताहरुको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने सहमति जुटेको छ। शनिबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल
संसदको गतिरोध हटाउन दलहरुको पहल, छलफलमा जुट्दै
काठमाण्डौ । संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । भोलि बिहान ११ बजे बैठक बस्नुअघि सहमति जुटाउन नेताहरुले थप पहल गरेका छन् ।
प्रतिकृया दिनुहोस