• सोमबार १-२४-२०८१/Monday 05-06-2024

लुम्बिनी प्रदेशका कृषि मन्त्री अहिरले दिए राजीनामा

काठमाण्डौ । लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिनुभएको छ । मन्त्री अहिरको पार्टी जनता समाजवादी पार्टी (जसपा)ले सरकारबाट फिर्ता हुन निर्देशन दिएपछि उहाँले राजीनामा दिनुभएको हो ।

 

मन्त्री अहिरले शनिबार नै राजीनामा बुझाए पनि आइतबार मात्र सार्वजनिक भएको हो । उहाँले मुख्यमन्त्री जोखबहादुर महराले गत चैत २२ गते आफ्नो पार्टीसँग गरेको लिखित सम्झौता कार्यान्वयन नगरेको भन्दै नेपालको संविधानको धारा १६९ को उपधारा (२) वमोजिम राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता महरा नेतृत्वको सरकारमा गत चैत २५ गते मा चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा जसपाबाट अहिर बिना बिभागिय मन्त्री नियुक्त हुनुभएको थियो । वैशाख ६ गते उहाँले कृषि तथा भूमि व्यवस्था मन्त्रीको जिम्मेवारी पाउनुभएको थियो ।

 

सरकार गठनका क्रममा सरकारलाई समर्थन गरेका दलबिच भएको सझौताअनुसार जसपालाई सहरी विकास तथा पर्यटन र कृषि तथा भूमि व्यवस्था मन्त्रालय दिने लिखित सझौता भएको थियो ।

 

प्रदेशसभामा तीनजना सदस्य भएको जसपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

लोकतान्त्रिक आन्दोलनहरूमा प्रेसको धेरै ठूलो योगदान दिएको छ : राष्ट्रपति पौडेल

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पत्रकारसहित नेपाली दिदीबहिनी तथा

सहकारीको रकम अपचलनको विषयको निष्पक्ष छानबिन गर्न राप्रपाको माग

काठमाण्डौ । राप्रपाले प्रतिनिधिसभा सदस्य गीता बस्नेतको कम्पनीबाट सहकारीको रकम अपचलन भएको भन्ने विषयको छानबिन गर्न माग राखेको छ । पार्टीकी सांसद

एमाले अध्यक्ष ओली पार्टीको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्न परासी जानुहुँदै 

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पार्टीको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्न नवलपरासी जाँदै हुनुहुन्छ । उहाँ भैरवहाबाट हुलाकी सडक