• सोमबार १-२४-२०८१/Monday 05-06-2024

गोरखाको वीरेन्द्र तालमा हिमपहिरो, बुढीगण्डकीको तटीय क्षेत्रका बासिन्दालाई बेलुकासम्मै सचेत रहन आग्रह

काठमाण्डौ । गोरखाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको छ । ताल फुटेपछि बुढीगण्डकी नदीको तल्लो क्षेत्रमा बाढी आएको छ । बाढीले थप क्षति पुर्‍याउन सक्ने जोखिम छ ।

 

बाढीले क्षति पुर्‍याउन सक्ने भन्दै धार्चे, आरुघाटलगायतका क्षेत्रमा सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जोखिम क्षेत्रमा सावधानी अपनाउन र स्थानीय प्रशासनलाई क्षतिको जोखिम आँकलन गरी आवश्यक तयारीमा जुट्न आग्रह गर्नुभएको छ ।

 

बिहान साढे ८ बजेतिर आएको हिमपहिरोले तालको पानी छचल्किएर बग्दा बुढीगण्डकी नदीमा पानीको सतह बढेको हो । सामागाउँबाट साम्दो जाने पैदलमार्गको एउटा काठेपुल पनि बगाएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार अहिले जोखिम केही घटेको छ । नेपाल बाढी सूचनाले बुढीगण्डकी नदी तटीय क्षेत्रमा पर्ने गोरखा र धादिङका बासिन्दालाई आज बेलुकासम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

 

गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पनि हिमपहिरो खसेपछि बूढीगण्डकी नदीमा पानीको बहाव बढेकाले नदी वरपर नजान र सर्तक रहन सबैलाई आग्रह गरिएको बताउनुभयो । वीरेन्द्र ताल मनास्लु हिमालको फेदीको ठूलो क्षेत्रफलमा अवस्थित छ । यसलाई बूढीगण्डकी नदीको मुहानको रुपमा लिने गरिन्छ ।

प्रतिकृया दिनुहोस

जापानी विदेशमन्त्री खामिखावा नेपालमा

काठमाण्डाै ।  जापानका विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो काठमाण्डाै आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन

देशमा लगानी भित्र्याउने भए श्रमलाई उपेक्षा नगरौँ : जिफन्ट अध्यक्ष श्रेष्ठ

काठमाण्डौ । नेपाल ट्रेड यू्रनियन महासंघ (जिफन्ट)ले ‘मे दिवस २०२४’ को सन्दर्भमा घोषणपत्र सार्वजनिक गरेको छ । सोमबार पुतलीसडकस्थित जिफन्टको कार्यलय

मेयर बालेनको कवितासंग्रह ‘अश्र’ सार्वजनिक

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० ले जन्मदिनको अवसर पारेर कवितासंग्रह ‘अश्र’ सार्वजनिक गर्नुभएको छ। सामाजिक