• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024

धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन कारागार चलान

काठमाण्डौ । सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन जेल चलान भएका छन् । जिल्ला अदालत रुपन्देहीमा भएको थुनछेक बहसपछि पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर पुनले आज शुक्रबार ४ लाख धरौटी रकम जम्मा गर्न नसकेपछि भैरहवास्थित जिल्ला कारागार चलान भएका हुन् ।

 

मुख्य न्यायाधीश डा श्रीप्रकाश उप्रेतीको इजलासले ओमप्रकाश गुरुङलाई थुनामा पठाउने, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलाई ४ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । उक्त मुद्दामा प्रतिवादी बनाएका २८ जनामध्ये फरार २० जनालाई प्रतिवादी म्याद जारी गरिएको छ ।

 

आदेशअनुसार रोशनी गुरुङ र निता थापालाई जनही २ लाख धरौटी, दुर्गा चापागाईँ पाण्डेलाई १८ लाख धरौटी, दीपक न्यौपानेलाई ४ लाख ४५ हजार धरौटी, दीपेश पुनलाई ४ लाख धरौटी, नवीन अछामीलाई १० लाख धरौटी तोकिएको हो । प्रतिवादीमध्ये कास्की कारागारमा रहेका कुमार रम्तेल र भविश्वर अर्याललाई झिकाएर बयान लिने सूचना अधिकारी मरासिनीले जानकारी दिए ।

 

दीपेशकुमार पुनको तर्फबाट शिवप्रसाद गौडेल, रोशनी गुरुङको तर्फबाट अभिवक्ता कृष्णप्रसाद पोखरेल, निता थापाको तर्फबाट खेमबहादुर पुन, लालबहादुर बस्नेत, हेमराज शर्माले बहस गरेका थिए भने दुर्गा चापागाईँ पाण्डेको तर्फबाट शिव गौडेल, बाबुराम पाण्डे, जोखबहादुर खत्री तथा नवीन अछामीको तर्फबाट होमराज पन्त, दीपक न्यौपाने, जोखबहादुर खत्रीले बहस गरेका थिए ।

प्रतिकृया दिनुहोस

पूर्वराज्यमन्त्री रामचन्द्र राय हत्याका अभियुक्त सार्वजनिक

काठमाण्डौ । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । जग्गासम्बन्धी मत

६० किलो सुन प्रकरण अनुसन्धानको दोस्रो चरणमा २० जना पक्राउ, २ खर्ब बढी बिगो दाबीसहित मुद्दा दर्ताको तयारी

काठमाण्डाै ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा २० जनालाई पक्राउ गरेको छ

कतारबाट काठमाण्डौ ओर्लिएका ३ जना सुनसहित पक्राउ

काठमाण्डौ । कतारबाट काठमाण्डौ ओर्लिएका एक जना ८१.६३ ग्राम सुनसहित पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले