• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

शैक्षिक सत्रको शुरुवातमै देशभर पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रको भनाइ

काठमाण्डौ ।  २०८१ को शैक्षिक सत्रको शुरुवातमै देशभर पाठ्यपुस्तक पुर्‍याएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ ।

 

गएको चैत १६ गतेदेखि केन्द्रले आफ्ना सात वटै प्रादेशिक कार्यालय, देशभरका वितरण केन्द्र एवम् डिपो र एक हजार दुई सय ६७ वटा स्थानीय बिक्रेतामार्फत् पुस्तक पुर्‍याएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिनुभयो । उहाँले  जनक शिक्षा सामग्री केन्द्रले जिम्मेवारी पाएको कक्षा ५ देखि १० सम्मका सम्पूर्ण सेटमै शतप्रतिशत  पाठ्यपुस्तक छपाइ सकेर देशभर पुस्तक वितरण गरेको बताउनु भएको हो ।

 

केन्द्रले यस वर्षका लागि एक करोड २० लाख थान पुस्तक बिक्री गरेको छ ।   केन्द्रले गएको वर्ष एक करोड ३१ लाख थान पुस्तक बिक्री गरेको थियो । यस वर्ष पुस्तकको माग कम भएकाले गएको वर्षभन्दा ११ लाख थान पुस्तक कम बिक्री गरेको केन्द्रको तथ्याङ्क छ । गएको वर्षको स्टक र यस वर्षको छपाइ गरेर कूल एक करोड ७५ लाख थान पुस्तक केन्द्रसँग रहेकोमा अहिले ३० प्रतिशत पुस्तक स्टकमा रहेको केन्द्रले जनाएको छ ।

 

कुनै विद्यालयमा पुस्तक पुगेन भने खबर पाउनासाथ तत्काल पुर्‍याउने पनि केन्द्रले जनाएको छ । अहिलेसम्म पुस्तक पाउन नसकेको गुनासो नआएको निर्देशक झाको भनाई छ ।

प्रतिकृया दिनुहोस

काठमाण्डौ उपत्यकामा सरकारले आजदेखि विशेष पोलियो खोप अभियान शुरु गर्दै

काठमाण्डौ ।  काठमाण्डौको ढलमा पोलियोको परिवर्तित भाइरस भेटिएपछि सरकारले आजदेखि विशेष पोलियो खोप अभियान शुरु गर्दैछ ।   अभियानका क्रममा

काठमाडौं महानगरले थाल्यो एसइई पूरक परीक्षाको तयारी कक्षा

काठमाण्डौ । काठमाडौं महानगरपालिकाले एसइई पूरक परीक्षामा सहभागी हुने विद्यार्थीलाई ध्यान दिँदै तयारी कक्षा सुरु गरेको छ । अनुत्तीर्ण विद्यार्थीलाई

शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप्नुपर्छ : मन्त्री श्रेष्ठ

काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने