• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

पर्साकी एक बाल विकास सहजकर्ताविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाण्डौ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साकी एक बाल विकास सहजकर्ताविरुद्ध विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको छ ।

 

पर्साको धोबिनी गाउँपालिकाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भिखमपुरमा कार्यरत बाल विकास सहजकर्ता पुनम देवी कुर्मीविरुद्ध आज (शुक्रबार)मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । कुर्मीले भारतबाट जारी भएको माध्यमिक तहको परीक्षा पास गरेको भनी नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर २०६६ साल असार १२ गते नियुक्ति लिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

 

कुर्मीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिबाना माग गर्दै अख्तियारले आरोप पत्र दायर गरेको छ ।
 

प्रतिकृया दिनुहोस

६० किलो सुन प्रकरण अनुसन्धानको दोस्रो चरणमा २० जना पक्राउ, २ खर्ब बढी बिगो दाबीसहित मुद्दा दर्ताको तयारी

काठमाण्डाै ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा २० जनालाई पक्राउ गरेको छ

कतारबाट काठमाण्डौ ओर्लिएका ३ जना सुनसहित पक्राउ

काठमाण्डौ । कतारबाट काठमाण्डौ ओर्लिएका एक जना ८१.६३ ग्राम सुनसहित पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले

इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद, २५ करोड जरिवाना

काठमाण्डौ । नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद २५ करोड जरिवाना भएको छ।   सम्पत्ति शुद्धीकरण मुद्दामा