• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

१४ वटा परम्परागत व्यापार नाका खोल्न चीन तयार छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाण्डौ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कोरोना महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाका तत्काल खोल्न चिनियाँ पक्ष तयार भएको बताउनुभएको छ ।

 

चीनको नौ दिने भ्रमण सकेर आज स्वदेश फर्किनुभएका मन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा रसुवागढी–केरुङ, तातोपानी–झाड्मु, यारी–पुरान तथा नेचुङ–लिची (कोरला) व्यापारिक नाकाहरू यसअघि नै सञ्चालनमा आएका र आफूले चीन भ्रमणका क्रममा नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाका खोल्न आग्रह गरेको बताउनुभयो । मन्त्री श्रेष्ठले यो आग्रहलाई चीन पक्षले स्वीकारेको पनि बताउनुभयो । नाका खुला हुँदा चीनको सीमा नजिक बसोबास गर्ने नेपालीको दैनिक जीवन तथा व्यापार व्यवसाय सहज हुने अपेक्षा रहेको उहाँको भनाइ छ ।

 

मन्त्री श्रेष्ठले नेपाल–चीनबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयामबारे नियमितरूपमा उच्चस्तरमा छलफल गर्न नेपाल र चीनका परराष्ट्रमन्त्रीस्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएको बताउनुभयो । उहाँले ’बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) को कार्यान्वयन योजनालाई अन्तिम रूप दिई कार्यान्वयन गर्नेबारे छलफल भएको जानकारी दिनुभयो । यसबाहेक घाँस, तरकारी तथा फलफूललगायतका नेपाली वस्तुहरूको निर्यातमा सहजीकरण गर्न चिनियाँ पक्षलाई अनुरोध गरेको उहाँले बताउनुभयो । नेपालको कृषि क्षेत्रको उत्पादकत्व बढाउनका लागि आवश्यक पुँजी र प्रविधि उपलब्ध गराउन चिनियाँ पक्ष सकारात्मक रहेको श्रेष्ठले जानकारी दिनुभयो ।

 

परराष्ट्रमन्त्री श्रेष्ठले नेपालको काठमाण्डौ र पोखरा तथा चीनका विभिन्न शहरबीच थप उडान सञ्चालनमा ल्याउन दुवै पक्ष सहमत भएको बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति आज

काठमाण्डौ ।  नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ।   नेपाल कम्युनिष्ट

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ सांसदको विश्वास

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउनुभएको छ । प्रतिनिधिसभामा आज भएको मतदानमा उहाँको पक्षमा दुईतिहाइ सांसदले भोट हानेका

प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै (प्रत्यक्ष प्रसारण)

काठमाण्डौ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यसूचीसहित प्रतिनिधिसभा बैठक सुरू भएको छ ।   कांग्रेसको समर्थनमा असार ३० गते