• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024

गएराति काठमाण्डौसहित धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा

काठमाण्डौ – गएराति काठमाण्डौसहित देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित पानी परेको छ ।

केही ठाउँमा असिनापानीसमेत परेको छ । हावाहुरी र असिनापानीले बालीनालीमा क्षति पुगेको छ । मध्यपश्चिमदेखि पूर्वी क्षेत्रसम्मै हावाहुरीको असर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हिजो नेपालगञ्ज, दाङ र पोखरा आसपासमा विकास भएको न्यूनचापीय प्रणालीले हावाहुरी र चट्याङसहित वर्षा भएको हो । नेपालगञ्ज र दाङ आसपास विकास भएको प्रणाली केही कमजोर देखिएको तर पोखरा आसपासमा विकास भएको प्रणाली केही शक्तिशाली देखिएको मौसमविद मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

बेलुकीपख पोखरा आसपासबाट शुरु भएको हावाहुरी काठमाण्डौ हुँदै पूर्वसम्म पुगेको थियो । प्रिमनसुनको बेला हावाहुरी र चट्याङसहित वर्षा हुनु स्वभाविक भएको मौसमविदको भनाइ छ ।

आज पनि दिउँसो र बेलुकीपख केही ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविद अर्यालले बताउनुभयो । गएको १२ घण्टामा सबैभन्दा धेरै वर्षा गोरखाको बारपाकमा भएको छ । त्यहाँ ९१ मिलिमिटर पानी परेको छ । 

प्रतिकृया दिनुहोस

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

काठमाण्डौ। उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ ।   ललितपुरको हरिसिद्धिस्थित

भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकतामा राख्न पूर्व राष्ट्रपति भण्डारीको सुझाव

भक्तपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकताकासाथ अगाडि लैजान जनप्रतिनिधिहरूलाई सुझाव

फोनिजले मनायो आफ्नो २५औँ स्थापना दिवस

काठमाण्डौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २५ औँ स्थापना दिवस मनाएको छ ।    आज बिहीबार अनामनगरस्थित तमू बौद्ध समितिहलमा