• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

‘एमडीएमएस’ खरिदमा भ्रष्टाचार, दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष, निर्देशक, उपनिर्देशकलगायत १९ जनाविरुद्ध ९१ करोड ९८ लाख ३० हजार आठ सय ८२ रुपैयाँ बराबरको बिगो मागदाबीसहित विशेष अदालतमा आज भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

 

’मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा आयोगले प्राधिकरणका पूर्वअध्यक्ष पुरुषोत्तम खनाल र दिगम्बर झा, पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरू दीपेश आचार्य, सुरेन्द्र हाडा र अच्युतानन्द मिश्रलाई प्रतिवादी बनाएको हो । अख्तियारले प्राधिकरणका उपनिर्देशक मीनप्रसाद अर्याल, विनोदचन्द्र श्रेष्ठ, रेवतीराम पन्थ, सन्दीप अधिकारी, सूर्यप्रसाद लामिछाने, सहायक निर्देशक विजयकुमार यादव, प्रतीक्षा पौडेल र निराजन कोइरालाविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

 

यस्तै अनियमितता गरेको आरोपमा दुई वटा कम्पनी र प्रतिनिधिविरुद्ध पनि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले सरकारी कर्मचारी र अन्य सरोकारवाला कम्पनीहरूको हकमा फरक–फरक दाबी रहेको बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस

६० किलो सुन प्रकरण अनुसन्धानको दोस्रो चरणमा २० जना पक्राउ, २ खर्ब बढी बिगो दाबीसहित मुद्दा दर्ताको तयारी

काठमाण्डाै ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा २० जनालाई पक्राउ गरेको छ

कतारबाट काठमाण्डौ ओर्लिएका ३ जना सुनसहित पक्राउ

काठमाण्डौ । कतारबाट काठमाण्डौ ओर्लिएका एक जना ८१.६३ ग्राम सुनसहित पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले

इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद, २५ करोड जरिवाना

काठमाण्डौ । नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद २५ करोड जरिवाना भएको छ।   सम्पत्ति शुद्धीकरण मुद्दामा