होली पर्वको अवसरमा पूर्वराष्ट्रपति भण्डारीको शुभकामना सन्देश -"संस्कृतिका असल पक्षलाई मितव्ययी र विकृतिरहित राख्नुपर्छ "

काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली)को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको कामना व्यक्त गर्नुभएको छ ।
उहाँले भौगोलिक, जातिय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण नेपाली समाजमा सम्पूर्ण नेपालीबीच आपसी प्रेम, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
“आदिकालदेखि नै समाजमा असल र खराबबीच द्वन्द्व चल्दै आए पनि सत्यको विजय नै अवश्यम्भावी हुने सार्वभौम सिद्धान्तलाई यस पर्वले प्रखररूपमा अभिव्यक्त गर्दछ, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुशियालीमा मनाइने सांस्कृतिक पर्व होलीले समाजमा विद्यमान दुष्प्रवृत्तिलाई पराजित गर्दै सत्य र न्यायका पक्षमा अविचलितरूपले क्रियाशील रहन प्रेरणा प्रदान गर्दछ,” पूर्वराष्ट्रपति भण्डारीले सन्देशमा व्यक्त गर्नुभएको छ ।
उहाँले रङ्गहरुको पर्वकारुपमा लिइने होलीको अवसरमा प्रयोग गरिने रङ्गमा हानिकारक रसायनको समेत मिश्रण हुने भएकाले सावधानी अपनाउन आग्रह गर्नुभयो । साथै होली मनाउने सन्दर्भमा उच्छृङ्खल र उत्ताउलो गतिविधि नगर्न पनि उहाँले सुझाव दिनुभयो ।
“हाम्रो संस्कृतिका असल पक्षलाई प्रवर्द्धन गर्न यसलाई मितव्ययी र विकृतिरहित राख्नुपर्छ । हरेक पर्वसँग गाँसिएको इतिहास, सभ्यता र पौराणिकताको गहिराइ आत्मसात् गर्न सकेमात्र हाम्रो अद्वितीय संस्कृतिको मौलिकता जोगाउन सकिन्छ,” पूर्वराष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ ।
समाजका विभिन्न विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट सबै नेपालीमा प्रेरणा मिलोस् भन्ने उहाँले कामना गर्नुभएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन
काठमाण्डौ। उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित

भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकतामा राख्न पूर्व राष्ट्रपति भण्डारीको सुझाव
भक्तपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकताकासाथ अगाडि लैजान जनप्रतिनिधिहरूलाई सुझाव

फोनिजले मनायो आफ्नो २५औँ स्थापना दिवस
काठमाण्डौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २५ औँ स्थापना दिवस मनाएको छ । आज बिहीबार अनामनगरस्थित तमू बौद्ध समितिहलमा
प्रतिकृया दिनुहोस