राजनीतिक रूपमा आदिवासी जनजाति सचेत हुनुपर्छ : अध्यक्ष शेर्पा

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी जनजाति समुदाय राजनीतिक रूपमा सचेत हुनुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय मगर महासंघको आयोजनामा आज (शुक्रबार) काठमाडौँमा सुरु भएको अन्तर्राष्ट्रिय मगर सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष शेर्पाले त्यस्तो बताउनुभएको ।
आफ्नो भाषा, संस्कृति, परम्पराको संरक्षण सँगसँगै राजनीतिक रूपमा पनि आदिवासी जनजाति समुदाय अगाडि बढ्न आवश्यक रहेको अध्यक्ष शेर्पाको भनाइ थियो ।
यस्ता कार्यक्रमहरू आदिवासी जनजातिको बाहुल्य भएको ठाउँमा हुनुपर्ने समेत उहाँको भनाई थियो । 'हाम्रो पहिचान भनेको के हो ? भाषा हो । भाषा मर्न दिनुहुँदैन । भूगोल र जनसङ्ख्याका हिसाबले मगरहरू सबैभन्दा बढी जनसङ्ख्या भएको जाति हो', उहाँले भन्नुभयो, 'ती बाहुल्य भएको थातथलोमा यस्ता कार्यक्रम गर्न सकेमा त्यहाँका मगरहरू पनि उत्साहित हुन्छ र बाहिरका मगरहरूले पनि हाम्रो धर्म, संस्कृति, भाषा, भेषभूषा के रहेछ ? कसरी हाम्रा दाजुभाइहरू बसेको रहेछ भनेर बुझ्न पाउँछ । त्यसकारण मगरहरूको आदिभूमिमा यस्ता कार्यक्रमहरू आयोजना गरिनुपर्छ ।'
मुलुकमा गणतन्त्र ल्याउनका निम्ति मगर समुदायको ठुलो योगदान गरेको भन्दै उहाँले योगदान अनुसार प्रतिफल प्राप्त गर्न नसकेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, 'नेपालको गणतन्त्र ल्याउनका निम्ति मगरहरूको ठुलो योगदान छ । तर त्यो योगदान अनुसार हामीले प्रतिफल पाएका छैनौँ ।'
आदिवासी समुदाय राजनीतिमा आउनुपर्ने भन्दै उहाँले राजनीतिक रूपमा सचेत हुनैपर्ने बताउनुभयो । राजनीतिले नै डाडु पन्यू ठाउँमा पुग्नु रहेको भन्दै उहाँले त्यो ठाउँमा नपुगेसम्म आदिवासी जनजातिको अधिकार प्राप्त हुन नसक्ने समेत बताउनुभयो ।
अधिकार लेख्ने ठाउँमा पुग्नका निम्ति राजनीतिक रूपमा अगाडि बढ्न आवश्यक रहेको उहाँको भनाइ थियो । 'राजनीतिले विकाससँग जोडिन्छ । विकास गरेपछि जनतासँग जोडिन्छ । जनतासँग जोडिएमा हामी अगाडि बढ्न सक्छौ', उहाँले भन्नुभयो ।
महासंघले जातीय संस्थाहरूसँग समन्वय गरेर आदिवासी जनजातिका मुद्दाहरू अगाडि बढाइरहेको भन्दै उहाँले प्रदेश नम्बर १ को आन्दोलन अहिले अगाडि बढाइरहेको समेत स्मरण गराउनुभयो । आदिवासी जनजातिले आफ्ना मुद्दाहरू उठाइरहनुपर्ने भन्दै उहाँले निरन्तरको प्रयासले सफलता प्राप्त हुने समेत बताउनुभयो ।

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन
काठमाण्डौ। उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित

भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकतामा राख्न पूर्व राष्ट्रपति भण्डारीको सुझाव
भक्तपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकताकासाथ अगाडि लैजान जनप्रतिनिधिहरूलाई सुझाव

फोनिजले मनायो आफ्नो २५औँ स्थापना दिवस
काठमाण्डौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २५ औँ स्थापना दिवस मनाएको छ । आज बिहीबार अनामनगरस्थित तमू बौद्ध समितिहलमा
प्रतिकृया दिनुहोस