• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

साउनदेखि फागुनसम्ममा श्रम स्वीकृति लिनेको सङ्ख्या चार लाख ७१ हजार पुग्यो

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो आठ महिना अर्थात साउनदेखि फागुन महिनासम्ममा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या चारलाख ७१ हजार पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार यो सङ्ख्या गएको आर्थिक वर्षको सोही अवधिभन्दा १३ प्रतिशतले कम हो । चालु आर्थिक वर्षमा सबैभन्दा धेरै मंसिरमा ७१ हजार र सबैभन्दा कम कात्तिकमा ४३ हजार जना बिदेसिएका छन् ।

 

फागुन महिनामा ६५ हजार ६५८ जनाले श्रम स्वीकृती लिएको विभागको तथ्याङ्कले देखाएको छ । यो नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या हो । फागुनमा कामको खोजीमा विदेशिनेमध्ये ६ हजार ७ सय ६८ महिला छन् भने ५८ हजार ८९३ जना पुरुष रहेका छन् । अघिल्लो वर्ष फागुनमा मात्र ६१ हजार ८ सय ४५ नेपाली विदेशिएका थिए ।

 

वैदेशिक रोजगारीको सिलसिलामा सबैभन्दा धेरै युनाइटेड अरब इमिरेट्स (यूएई) मा नेपाली गएका छन् । फागुनमा मात्र १८ हजार ७ सयले यूएईका लागि श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ । बितेको आठ महिनामा यूएईका लागि एक लाख २० हजारभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् ।

 

यूएईपछि दोस्रो श्रम गन्तव्य देश कतार रहेको छ । यस अवधिमा कतारका लागि ९२ हजार ११४ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै साउदी अरब जानका लागि ९१ हजार ९२९ जनाले र मलेसियाका लागि ६४ हजार ९७६ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै रेमिट्यान्स पनि बढेकोे छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनासम्म आठ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

प्रतिकृया दिनुहोस

श्रमाधान रोजगार मेला आज समापन हुँदै : १० हजारभन्दा धेरै युवाको आवेदन

काठमाण्डौ । सरकारले गएको १७ गतेदेखि शुरु गरेको श्रमाधान रोजगार मेला आज समापन हुँदैछ । कोशी प्रदेशको विराटनगरबाट शुरु भएको मेला आज बाग्मती प्रदेशको

काठमाण्डौ महानगरपालिकाले आज टुँडिखेलमा ‘रोजगार मेला’ आयोजना गर्दै

काठमाण्डौ ।  काठमाण्डौ महानगरपालिकाले आज टुँडिखेलमा ‘रोजगार मेला’ आयोजना गर्दैछ ।   सिप मेलाबाट प्रशिक्षण पाएका जनशक्तिलाई रोजगारदातासँग

श्रमाधान रोजगार मेला आज र भोलि पोखरामा हुँदै

गण्डकी प्रदेशको पोखरामा आज र भोलि श्रमाधान रोजगार मेला हुँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय