नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरूलाई सूचीकृत गर्न शुरु

काठमाण्डौ । सरकारले नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरूलाई सूचीकृत गर्ने काम थालेको छ । भाइबर दर्ता भैसकेको छ भने लिंक्डईन र स्न्यापच्याट दर्ता हुने क्रममा छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तीन महिनाभित्र सामाजिक सञ्जालहरुलाई सूचीकृत हुन आह्वान गरेकोमा अहिलेसम्म भाइबर, लिंक्डईन र स्न्यापच्याट सूचीकृत हुन मन्त्रालय आएका थिए ।
यसमध्येमा भाइबरको सबै प्रक्रिया पूरा भइ दर्ता गरिएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नेत्र प्रसाद सुवेदीले उज्यालोलाई जानकारी दिनुभयो । प्रवक्ता सुवेदीका अनुसार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेे निर्देशिका जारी भएसँगै सूचीकृत गर्न थालिएको हो । लिंक्डईन र स्न्यापच्याटको दर्ता हुने प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।
लिंक्डईनले सबै कागजात बुझाइसकेकोले केही दिनमै दर्ता हुने उहाँको भनाइ छ । स्न्यापच्याटले भने केही कागजात बुझाउन बाँकी छ । गएको मंसिर १५ गते नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालहरुलाई तीन महिनाभित्र सूचीकृत हुन आह्वान गरेको थियो । मन्त्रालयले सामाजिक सञ्जालहरुलाई सूचीकृत हुनका लागि कुनै पनि शुल्क नलाग्ने जनाएको छ ।
देशभित्र सञ्चालित सामाजिक सञ्जालहरुलाई व्यवस्थित बनाउनका लागि सूचीकृत गर्न थालिएको मन्त्रालयको भनाइ छ । फेसबुक, एक्स, यूट्युब, टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरुलाई पनि दर्ताको लागि मन्त्रालयले जानकारी गराइसकेको छ ।
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न बनेको निर्देशिकाले सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरण गर्नुपर्ने उल्लेख छ । सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने पनि निर्देशिकामा उल्लेख छ ।

फोनिजले मनायो आफ्नो २५औँ स्थापना दिवस
काठमाण्डौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २५ औँ स्थापना दिवस मनाएको छ । आज बिहीबार अनामनगरस्थित तमू बौद्ध समितिहलमा

सूचना प्रविधिको क्षेत्रलाई विकास गर्न सरकार सकारात्मक छ : सञ्चारमन्त्री शर्मा
काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आउँदो लगानी सम्मेलनमा प्रस्तुत गर्ने सूचना प्रविधि क्षेत्रका परियोजना तयारी गर्न निजी

सरकारले आम सञ्चार क्षेत्रको पुनःसंरचना गर्न खोजिरहेको छ : सञ्चारमन्त्री शर्मा
काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आम सञ्चार क्षेत्रको पुनः संरचना गर्न खोजिरहेको बताउनुभएको छ । आज (बुधबार) नेपाल
प्रतिकृया दिनुहोस