• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

सरकारले वैदेशिक रोजगारीबाट फर्केर उत्कृष्ट उद्यम गर्नेहरुलाई सम्मान गर्ने

काठमाण्डाै ।  सरकारले वैदेशिक रोजगारीबाट फर्केर उत्कृष्ट उद्यम गर्नेहरुलाई सम्मान गर्ने भएको छ । यसका लागि वर्किङ भिसामा विदेशमा कम्तीमा एक वर्ष काम गरी फर्किएर व्यवसाय सञ्चालन गरेको कम्तीमा एक वर्ष पूरा भएको र विगत ६ वर्षभित्र श्रम मन्त्रालयबाट प्रदान गरिएको  पुरस्कार प्राप्त नगरेको हुनुपर्ने मापदण्ड रहेकोे छ ।

 

सम्मान तथा पुरस्कारका लागि फागुन १५ गतेभित्र आवेदन दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ । आवेदनका साथमा नेपाली नागरिकताकाे प्रमाणपत्र, श्रम स्वीकृति लिएको निस्सा, भिसासहितको राहदानी, आयकर दर्ता प्रमाणपत्र र करचुक्ता प्रमाणपत्रको प्रतिलिपि तथा यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणा पेस गर्नुपर्ने हुन्छ ।

 

प्राप्त आवेदनमध्येबाट रोजगारी सिर्जना, पुँजी लगानी, स्थानीय साधन, स्रोत र प्रविधिको प्रयोग, उत्पादन निर्यात, सामाजिक दायित्व वहन, वातावरणमैत्री प्रविधि प्रयोग तथा प्रदूषण व्यवस्थापनलगायतका आधारमा छनोट गरिने छ ।

 

प्राप्त आवेदनमध्येबाट उत्कृष्ट उद्यमीलाई सम्मान गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आवेदकमध्ये एक जना सर्वोत्कृष्ट उद्यमीले एक लाख ५० हजार रुपैयाँको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार र अरु सात जनाले ७५ हजार रुपैयाँको उद्यमी राष्ट्रिय पुरस्कार पाउनेछन् ।

प्रतिकृया दिनुहोस

श्रमाधान रोजगार मेला आज समापन हुँदै : १० हजारभन्दा धेरै युवाको आवेदन

काठमाण्डौ । सरकारले गएको १७ गतेदेखि शुरु गरेको श्रमाधान रोजगार मेला आज समापन हुँदैछ । कोशी प्रदेशको विराटनगरबाट शुरु भएको मेला आज बाग्मती प्रदेशको

काठमाण्डौ महानगरपालिकाले आज टुँडिखेलमा ‘रोजगार मेला’ आयोजना गर्दै

काठमाण्डौ ।  काठमाण्डौ महानगरपालिकाले आज टुँडिखेलमा ‘रोजगार मेला’ आयोजना गर्दैछ ।   सिप मेलाबाट प्रशिक्षण पाएका जनशक्तिलाई रोजगारदातासँग

श्रमाधान रोजगार मेला आज र भोलि पोखरामा हुँदै

गण्डकी प्रदेशको पोखरामा आज र भोलि श्रमाधान रोजगार मेला हुँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय