• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

टीकापुरको सरकारी जग्गा प्लटिङ गरेर आफन्तलगायतको नाममा पास गर्नेहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुरस्थित सरकारी जग्गामा प्लटिङ गरी आफन्तलगायतको नाममा पास गरेको अभियोगमा टीकापुर विकास समितिका पदाधिकारीसहितविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

 

टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहितलाई विपक्षी बनाइ बिहीबार मुद्दा दायर भएको हो । टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष जोशीलगायतका पदाधिकारीहरुको मिलेमतोमा नक्कली रसिद बनाई नगर विकास समितिका प्लट घडेरी किनबेच र हस्तान्तरण गरिएको अख्तियारको अनुसन्धानमा खुलेको छ ।

 

अख्तियारले उक्त कार्य गर्ने तत्कालीन पदाधिकारी,कर्मचारी र पहिलो तहमा समितिको जग्गा आफ्नो नाममा कायम गर्ने गराउने जग्गाधनी तथा सो जग्गा तहगत बिक्री हुँदै हालक कायम जग्गाधनीहरुका विरुद्धमा समेत बिगोसहितको सजाय मागदवीसहित विशेषमा मुद्दा दर्ता गरेको हो ।

प्रतिकृया दिनुहोस

६० किलो सुन प्रकरण अनुसन्धानको दोस्रो चरणमा २० जना पक्राउ, २ खर्ब बढी बिगो दाबीसहित मुद्दा दर्ताको तयारी

काठमाण्डाै ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा २० जनालाई पक्राउ गरेको छ

कतारबाट काठमाण्डौ ओर्लिएका ३ जना सुनसहित पक्राउ

काठमाण्डौ । कतारबाट काठमाण्डौ ओर्लिएका एक जना ८१.६३ ग्राम सुनसहित पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले

इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद, २५ करोड जरिवाना

काठमाण्डौ । नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद २५ करोड जरिवाना भएको छ।   सम्पत्ति शुद्धीकरण मुद्दामा