• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

हरेक दिन साइबर अपराधसम्बन्धी ५० भन्दा बढी उजुरी पर्ने प्रहरीको भनाइ

काठमाण्डौ । सामाजिक सञ्जालमा पहुँचसँगै साइबर अपराधका घटना पनि बढेको छ । हरेक दिन साइबर अपराधसम्बन्धी ५० वटाभन्दा बढी उजुरी पर्ने गरेको प्रहरीले जनाएको छ ।

 

गएको साउनदेखि अस्ति माघ २३ गतेसम्मको तथ्याङ्क अनुसार साइबर अपराधसम्बन्धी १३ हजार तीन सय ३० वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । तीमध्ये सामाजिक सञ्जालसम्बन्धी ११ हजार चार सय २५ वटा र सूचना प्रविधि अन्तर्गत वित्तीय अपराधका एक हजार नौ सय पाँच वटा रहेका छन् । प्रहरीकाअनुसार सामाजिक सञ्जालतर्फ फेसबुक म्यासेञ्जर दुरुपयोगका नौ हजार तीन सय ५० वटा उजुरी परेका छन् ।

 

यस्तै, भाइबरसम्बन्धी १६, इमोका ६, युट्युबका ३९ वटा, ट्विटरका ६, इन्स्टाग्रामका चार सय ३२, वेबसाइट ह्याकिङका ६ वटा उजुरी परेका छन् । साउनदेखि यता टिकटकसम्बन्धी ६ सय ६७ वटा उजुरी दर्ता भएका छन् । टिकटकले समाजमा अराजकता फैलाएको भन्दै सरकारले यसलाई प्रतिबन्ध लगाइसकेको छ ।

 

सूचना प्रविधि अन्तर्गत वित्तीय अपराधतर्फ सामाजिक सञ्जाल ह्याकका सबैभन्दा धेरै चार सय तीनवटा उजुरी छन् । उपहार र पैसा पठाएकोसम्बन्धी दुई सय ६४ वटा, चिट्ठा परेको प्रलोभन देखाएर ठगी गरेका ३३ वटा, वैदेशिक रोजगारको प्रलोभनका ३८ वटा, अनलाइन जागिर र कोठा खोजी दिनेतर्फ ३५ वटा उजुरी परेका प्रहरीले जनाएको छ । 

 

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने, ठगी गर्ने, दुर्व्यवहार गर्ने, पीडितहरूको तस्बिरमा अश्लीलता जोडी दुःख–हैरानी दिने, कम्प्युटर सामग्रीमा अनधिकृत पहुँच पुर्याएर डाटा नष्ट गरी हानि–नोक्सानी पुर्याएको उजुरी पनि आएका प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले सूचना प्रविधिको विकास र प्रयोगसँगै देखिने यस्ता प्रवृत्ति र अपराधका नयाँ शैलीले साइबर अपराध अनुसन्धानको कामलाई चुनौती थपेको बताउनुभएको छ ।


 

प्रतिकृया दिनुहोस

६० किलो सुन प्रकरण अनुसन्धानको दोस्रो चरणमा २० जना पक्राउ, २ खर्ब बढी बिगो दाबीसहित मुद्दा दर्ताको तयारी

काठमाण्डाै ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा २० जनालाई पक्राउ गरेको छ

कतारबाट काठमाण्डौ ओर्लिएका ३ जना सुनसहित पक्राउ

काठमाण्डौ । कतारबाट काठमाण्डौ ओर्लिएका एक जना ८१.६३ ग्राम सुनसहित पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले

इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद, २५ करोड जरिवाना

काठमाण्डौ । नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद २५ करोड जरिवाना भएको छ।   सम्पत्ति शुद्धीकरण मुद्दामा