• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

समता पन्तलाई नेपाल बैंकको कामु प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

काठमाडौं । नेपाल बैंकको सञ्चालक समितिले कामु प्रमुख प्रशासकीय अधिकृत (सीईओ) को जिम्मेवारी समता पन्तलाइ दिएको छ।  असोज १४ गते बसेको बैठकले पन्तलाई असोज १५ गतेदेखि लागू हुनेगरी सो जिम्मेवारी दिने निर्णय गरेको हो । 

 

बैंकका सीईओ कृष्णबहादुर अधिकारीको कार्यकाल गत असोज १४ गते समाप्त भएका कारण सोही दिन बसेको सञ्चालक समितिको बैठकले सीईओ नियुक्त नभएसम्मका लागि पन्तलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

 

पन्त यसअघि नेपाल बैंकमा डीसीईओका रुपमा कार्यरत हुनुहुन्थ्यो ।  पन्त नेपाल बैंककै कर्मचारी हुनुहुन्छ ।  विसं. २०६१ सालमा उहाँ नेपाल बैंककै छैटौँ तहको कर्मचारीका रुपमा सेवा प्रवेश गर्नु भएको थियो ।  तुलनात्मक रुपमा छोटो समयमै उहाँ नेपाल बैंकको डीसीईओ बन्न सफल भएको महिला कर्मचारी हुनुहुन्छ । 

प्रतिकृया दिनुहोस

राष्ट्रसङ्घीय कमिटीमा नेपालकी राणा निर्वाचित

एजेन्सी । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा

सुनकोशी-२ आयोजनाका कारण माझी महिलाको अस्तित्व संकटमा

काठमाडौं । रामेछाप जिल्लाको मन्थली नगरपालीका अन्तरगतका माझी महिलाहरूले आफ्नो अस्तित्व नामेट पार्नेगरी सुनकोसी-२ आयोजना कार्यान्वयन गर्न लागिएको

चेपाङ महिलामा हुने हिँसा न्यूनिकरणको प्रयास गर्नेछौं : सभापति साह

काठमाडौं । प्रतिनिधिसभा अन्तरको महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले चेपाङ समुदायका महिला माथी हुने हिँसा न्यूनिकरणका लागि