इतिहासकार कृष्णविक्रम नेम्बाङको ‘लिम्बू इतिहास’ सार्वजनिक

काठमाण्डौ । इतिहासकार कृष्णविक्रम नेम्बाङले ‘लिम्बू इतिहासः तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध’ इतिहासको पुस्तक नेपाली बजारमा ल्याउनुभएको छ । उहाँको यो पुस्तक आज (बुधबार) सार्वजनिक भएको छ ।
भौगोलिक रूपमा अरुण–कोशीपूर्व बस्ने याक्थुङ/लिम्बू जाति र लिम्बूवानको इतिहास लेखनमा देखिएको खोटको पहिचान गर्दै यथार्थ इतिहास लेख्ने प्रयास गरेका छन् ।
नेम्बाङले यस पुस्तकमार्फत अधिकांश युरोपियन इतिहासकारहरूले १८औं र १९औं सदीमा नेपालका लिम्बुहरुको बारेमा लेखेका भ्रमपूर्ण इतिहासलाई चिर्ने प्रयास गरेको बताउनुभएको छ । यसै पुस्तकमार्फत नेम्बाङले अरुण–कोशीपूर्व प्राचीनकालदेखि बस्दै आएका याक्थुङ लिम्बु जातिको इतिहासलाई नजिकैबाट आफ्नै दृष्टिकोणबाट नियाल्दै तिब्बती, सेन, भुटान, सिक्किम र रायबीचको सम्बन्ध केलाउनुभएको छ ।
करिब तीन दशकसम्म इतिहास खोज अध्ययन र अनुसन्धानमा व्यस्त भएपछिको यो उहाँको इतिहाससम्बन्धी छैटौं पुस्तक हो । सात अध्यायमा विभाजित यो पुस्तकमा उहाँले पछिल्लो पुस्तकमा लिम्बू जाति र लिम्बूवानका बारेमा यसअघि खासै चर्चा नगरिएका, नसुनाइएका, नभनिएका दस्तावेजहरूलाई व्याख्यात्मक र अलोचनात्मक शैलीमा उतारेको बताउनुभएको छ ।
मुन्धुम एकेडेमीले प्रकाशित गरेको पुस्तकलाई डी.बी. आङ्बुङले सम्पादन गरेका छन् । २ सय पेजको उक्त पुस्तकको मूल्य ५५० रुपैयाँ राखिएको छ ।

राष्ट्रिय एकताको प्रवर्द्धनमा भानुभक्तले विशिष्ट योगदान पुर्याउनुभएको छ : पूर्वराष्ट्रपति भण्डारी
काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भानुभक्त आचार्यले भाषा र साहित्यका माध्यमबाट राष्ट्रिय एकताको प्रवर्द्धनका लागि

मेयर बालेनको कवितासंग्रह ‘अश्र’ सार्वजनिक
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० ले जन्मदिनको अवसर पारेर कवितासंग्रह ‘अश्र’ सार्वजनिक गर्नुभएको छ। सामाजिक

२०७९ सालको जगदम्बा–श्री सम्मान मुखियालाई र मदन पुरस्कार ‘ऐँठन’ पुस्तकका लेखक ओझालाई प्रदान
काठमाण्डौ । मदन पुरस्कार गुठीले २०७९ सालको जगदम्बा–श्री सम्मान र मदन पुरस्कार प्रदान गरेको छ । आज (सोमबार) पाटनमा आयोजित एक विशेष समारोहमा
प्रतिकृया दिनुहोस