• सोमबार ६-२१-२०८१/Monday 10-07-2024

शीतल पाण्डेको बचाऊ गर्न सरकार लागिपरेको घेदुङको आरोप (་विज्ञप्ति सहित)

काठमाडौं । जातीय सद्भाव विथोल्नेगरी अन्तर्वार्ता दिएका अधिवक्ता शीतल पाण्डे पक्राउ नपरेकोमा नेपाल तामाङ घेदुङले शंसय व्यक्त गरेको छ । घेदुङ लगायत मगर संघले संयुक्त रूपमा जाहेरी दर्ता गरेको एक हप्ता वितिसक्दा पनि उनी पक्राउ नपरेकोमा राज्य पाण्डेको बचाउमा रहेको घेदुङले आरोप लगाएको छ।

 

तामाङ, मगर लगायत मुस्लिम समुदायमा दाजु बिहिनीसँग बिहेवारी चल्ने भनि प्राइम टिभिमा अन्तर्वार्ता दिएपछि अधिवक्ता पाण्डे र सञ्चालक दिक्पाल कार्की विरूद्ध  महानगरीय प्रहरी टेकुमा जाहेरी परेको हो । 

 

नेपाल तामाङ घेदुङले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी अधिवक्ता शीतल पाण्डेलाई तत्काल पक्राउ नगरे सडक आन्दोलनमा जाने चेतावनी दिएको छ । तामाङ समुदायमा परम्परादेखि चलिआएको संस्कार, परम्परागत अभ्यास तथा रीतिरिवाजमा दाजुबहिनीबीच पवित्र सम्बन्ध हुनेमा निज अधिवक्ता भगवती पाण्डे र प्राइम टेलिभिजनका कार्यक्रम प्रस्तोता दिक्पाल कार्कीले विहेवारी चल्ने भनी दिएको अभिव्यक्ति आफैमा गैरजिम्मेवारपूर्ण तथा शान्तिपूर्वक चलिरहेको सामाजिक मान्यता तथा सामाजिक सद्भावमा खलल पुर्याउने किसिमको रहेको घेदुङका अध्यक्ष मोहन गोलेले बताउनु भयो । 

 

पत्रकार सम्मेलन पश्चात घेदुङले विज्ञप्ति जारी गर्दै नियोजित ढङ्गले प्राइम टिभिमा प्रसारित पाण्डेको अभिव्यक्ति तामाङ, मगर लगायत आदिवासी समुदायलाई एक जनावर पशुसँग तुलना गरी समस्त समुदायलाई अपराधीकरण गर्ने उद्धेश्य निहीत रहेको जनाएको छ ।

 

महासचिव काजिमान थिङ तामाङद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा भनिएको छ  'निज पाण्डेको भ्रामक अभिव्यक्ति हाम्रो स्वतन्त्रता, सम्मानपूर्वक बाँच्न पाउने संवैधानिक हकको प्रतिकूल रहनुका साथै यसले हाम्रो आत्मस्वाभिमानमा गम्भीर ठेस पुगेको हुँदा हामी, कडा शब्दमा यसको घोर भर्त्सना र निन्दा गर्दछौ’

 

घेदुङले शीतल पाण्डेलाई जातीय भेदभव (कसुर र सजाय) ऐन २०६८, मुलुकी अपराध संहिता २०७४ र विद्युतीय कारोवार ऐन २०६३ बमोजिम कारवाही हुनुपर्ने जिकिर गरेको छ।  

जातीय सद्भाव खलल पार्ने र सिङ्गो समुदायलाई अपराधिकरण गर्ने उद्धेश्यले  दिएको शीतल पाण्डेको अभिव्यक्ति विरूद्ध आवाज उठाइदिन नेपाल तामाङ घेदुङले अधिकारकर्मी, पत्रकार, नागरिक समाज, कानुन व्यवसायी र न्यायप्रेमी जनसमुदाय समक्ष अपील समेत गरेको छ । 

 

शीतल पाण्डे र कार्यक्रम सञ्चालक दिक्पाल कार्कीलाई कानुनी कारवाहीको माग गर्दै घेदुङ लगायत डेढ दर्जन सरोकारवाला संघ-संस्थाले विज्ञप्ति मार्फत दवाब दिएका छन् । 

 

विज्ञप्ति

 

प्रतिकृया दिनुहोस

पूर्वराज्यमन्त्री रामचन्द्र राय हत्याका अभियुक्त सार्वजनिक

काठमाण्डौ । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । जग्गासम्बन्धी मत

६० किलो सुन प्रकरण अनुसन्धानको दोस्रो चरणमा २० जना पक्राउ, २ खर्ब बढी बिगो दाबीसहित मुद्दा दर्ताको तयारी

काठमाण्डाै ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा २० जनालाई पक्राउ गरेको छ

कतारबाट काठमाण्डौ ओर्लिएका ३ जना सुनसहित पक्राउ

काठमाण्डौ । कतारबाट काठमाण्डौ ओर्लिएका एक जना ८१.६३ ग्राम सुनसहित पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले