• सोमबार ६-२१-२०८१/Monday 10-07-2024

परराष्ट्र मन्त्रालयद्वारा प्रधानमन्त्री दाहालको चीन र अमेरिका भ्रमणको तयारी सुरु

काठमाडौँ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन र अमेरिका भ्रमणको तयारी सुरु गरेको छ । आगामी असोजको पहिलो साता हुने उक्त भ्रमणको तयारी परराष्ट्रले सुरु गरेको हो । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री चीनको हन्जाउमा हुन लागेको १९औँ एसियन खेलको उद्घाटन समारोहमा सहभागी हुन त्यसतर्फ जान लाग्नुभएको हो । एसियन खेलको उद्घाटन चीनका राष्ट्रपति तथा प्रधानमन्त्रीमध्ये एकजनाले गर्नेछन् ।

 

एसियन खेल समारोहमा सहभागी भएपछि प्रधानमन्त्री बेइजिङ जानुहुनेछ । बेइजिङमा उहाँले चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता र चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । बेइजिङमा उहँले चिनियाँ कम्युनिस्ट पार्टीका अन्य नेताहरुसँग पनि भेटवार्ता गर्नुहुनेछ  ।

 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सेप्टेम्बर २२ अर्थात अगामी असोज ५ गतेदेखि सुरु हुने गरी प्रधानमन्त्रीको चीन भ्रमणको तयारी भइरहेको छ ।

 

स्रोतका अनुसार चीन भ्रमणकै बेला संयुक्त राष्ट्रसंघको ७८औँ महासभा अमेरिकाको न्यूयोर्कमा सुरु हुनेछ । राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने इच्छा पनि प्रधानमन्त्रीले व्यक्त गर्नुभएको छ ।

 

एसियन गेम्स चीनको हन्जाउमा अगामी सेप्टेम्बर २३ देखि अक्टोबार ८ अर्थात असोज ६ गतदेखि २१ गतेसम्म हुनेछ । संयुक्त राष्ट्रसंघको ७८औँ महासभा भदौ ६ गतेदेखि सुरु हुनेछ । महासभामा उच्चस्तरीय पाहुनाको सम्बोधन असोज २ गतेदेखि सुरु हुनेछ ।
 

प्रतिकृया दिनुहोस

आज राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीसहित गृह, ऊर्जा र संस्कृति पर्यटनमन्त्रीले सदनमा उठेका प्रश्नको जवाफ दिने

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो (बिहीबार) सदनमा उठेका प्रश्नको जवाफ आज सदनमा दिने कार्यसूची रहेको छ ।   दिउँसो १ बजे बस्ने

नेपालमा समाज बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव छैन : प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सकारले देशद्रोही, जनविरोधी र अलोकतान्त्रिक काम नगर्ने भएकाले नेपालमा समाज बिथोल्ने खालका कुनै पनि

प्रधानमन्त्री ओलीसँग नेपालका लागि कतारका राजदूत अन्सारीको भेट

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन कोअपरेसन डायलग’ (एसिडी) सम्मेलनमा सहभागी हुन कतारका राजाका