• सोमबार ६-२१-२०८१/Monday 10-07-2024

एमालेले मात्रै देशको सङ्कट पार लगाउन सक्ने : एमाले महासचिव पोखरेल 

काठमाण्डौ । एमालेले मात्रै देशको सङ्कट पार लगाउन सक्ने नेकपा एमालेका महासचिव शङ्कर पोखरलेले बताउनु भएको छ । 


आज रामेछापमा पार्टीले आयोजना गरेको नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसमा कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । उहाँले देशमा धेरै दल आवश्यक नरहेको बताउनुभएको छ । अहिले भएका दललाई बलिया बनाउनुपर्ने उल्लेख गर्नुहुँदै उहाँले देश विकासका लागि बलियो राजनीतिक शक्ति बनाउन आवश्यक रहेको बताउनुभयो । 


महासचिव पोखरेलले बिपीले काँग्रेस एक्लै निरङ्कुशता विरुद्ध लड्न चाहेको भए पनि पुष्पलालले संयुक्त आन्दोलन गरौँ भनेको उल्लेख गर्नुहुँदै पुष्पलालकै नीतिमा काँग्रेस पुगेको र संयुक्त जनआन्दोलनको माध्यमबाट पञ्चायतको अन्त्य भएको बताउनुभयो ।  
 

प्रतिकृया दिनुहोस

आज राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीसहित गृह, ऊर्जा र संस्कृति पर्यटनमन्त्रीले सदनमा उठेका प्रश्नको जवाफ दिने

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो (बिहीबार) सदनमा उठेका प्रश्नको जवाफ आज सदनमा दिने कार्यसूची रहेको छ ।   दिउँसो १ बजे बस्ने

नेपालमा समाज बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव छैन : प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सकारले देशद्रोही, जनविरोधी र अलोकतान्त्रिक काम नगर्ने भएकाले नेपालमा समाज बिथोल्ने खालका कुनै पनि

प्रधानमन्त्री ओलीसँग नेपालका लागि कतारका राजदूत अन्सारीको भेट

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन कोअपरेसन डायलग’ (एसिडी) सम्मेलनमा सहभागी हुन कतारका राजाका