• सोमबार ६-२१-२०८१/Monday 10-07-2024

'मजदुर हीतका लागि जिफन्टको कायाकल्प गर्ने लक्ष लिएका छौं' : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) राष्ट्रिय कमिटिका अध्यक्ष बिनोद श्रेष्ठले आफ्नो कार्यकालमा जिफन्टको 'कायाकल्प' गर्ने लक्ष लिएको बताउनु भयो। जिफन्टको ३४ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित समारोहलाइ सम्बोधन गर्दै वहाँले सो कुरा बताउनु भएको हो ।

 

स्थापना दिवसकै अवसर पारेर सञ्चालनमा आएको 'जिफन्ट एक्सन रूम' बाट मजदुरहरूलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले विश्वभरीका मजुदरसँग सम्पर्कगर्न जहाँ श्रमिक त्यहाँ जिफन्ट डिजिटल्ली कार्यक्रमको शुभारम्भ भएको समेत घोषणा गर्नु भयो ।

 

उहाँका अनुसार जिफन्टले स्वदेश विदेशमा छरिएर अनेक खालका श्रम गरिरहेका श्रमिकहरुलाई गोलबन्द गर्ने विशाल लक्ष्य पुरा गर्न डिजिटल एक्सन रूमको प्रयोग गर्ने छ । श्रेष्ठले सूचना प्रविधिको अभूतपूर्व विकासले श्रमिकका समस्या, गुनासो, मुद्दा र सूचनाहरूलाइ सम्बोधन गर्ने संभावनाको ढोका खुलेको बाउनु भयो ।

 

'अब हामी यो एक्सन रूमबाट संसारभरका श्रमिकहरुलाई लक्षित गरी बैठकहरु, शिक्षाका कार्यक्रमहरु, दिवस तथा समारोहहरु मनाउनेछौं।' अध्यक्ष श्रेष्ठले सम्बोधनमा बताउनु भयो ।

 

 

जिफन्टका उपाध्यक्ष जितेन्द्र श्रेष्ठले स्थापना दिवसको अवसरमा औपचारिक सञ्चालनमा ल्याइएको 'एक्सन रूम' बाटनै यही साउन १२ गते शुक्रबार कतारमा जिएसजिमा सङ्गठित रहेका श्रमिकहरुलाई लक्षित गरी पहिलो प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने संवाद अनलाइनलाइ जानकारी दिनुभयो ।

 

प्रचार विभाग संयोजक समेत रहनु भएका उपाध्यक्ष श्रेष्ठका अनुसार साउनको अन्तिम हप्ता आयोजना हुने राष्ट्रिय परिषद बैठकको अवसरमा डिजिटल बुलेटिन 'श्रमिक खवर' समेत दैनिक रूपमा आरम्भ गर्ने जिफन्टले तयारी गरिरहेको छ ।  

 

महासचिव लक्ष्मण शर्माद्वारा सञ्चालित ३४ औं स्थापना दिवस समारोहमा जिफन्टका प्रदेश र जिल्ला कमिटि, घटक युनियन, प्रतिष्ठान स्तरका मजदुरहरु र प्रवासमा रहेका हजारौं मजदुरहरू समेत भर्च्युअल माध्यमबाट जोडिएका थिए ।

 

अध्यक्ष बिनोद श्रेष्ठले स्थापना दिवसको शुभकामना व्यक्त गर्दै गरी खाने वर्गको जीवन जिफन्टका सबै सपना योजनाहरु साझा भएको दावी गर्नु भयो । श्रेष्ठले सम्बोधन मार्फत संसार बदल्ने जिफन्ट  महाअभियानमा हातेमालो गर्न संसार भरीका सबै मजदूरहरूलाई अपील समेत गर्नु भएको छ ।    

 

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) २०४६ साल साउन ५ गते भूमिगत रूपमा स्थापना भएको मजदुर संगठन हो । यो महासंघ ट्रेड युनियन ऐन­–२०४९ जारी भएपछि मान्यताप्राप्त नेपालको पहिलो ट्रेड युनियन महासंघ पनि हो ।

 

 

न्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आईटीयूसी) को संस्थापक सदस्य रहेको जिफन्टमा ४ लाख ५० हजार श्रमिकहरू सङ्गठित छन् । यस महासंघमा विभिन्न २१ वटा घटक युनियनहरू आवद्ध छन् ।

 

जिफन्टले हाल योगदानमा आधारित सामाजिक सुरक्षामा २० लाख श्रमिकलाई आवद्द गराउने लगायत विभिन्न अभियान र आन्दोलनहरूका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

 

स्थापना दिवसको असरमा अध्यक्ष बिनोद श्रेष्ठको सम्बोधनको पूर्ण पाठ

 

 

नेपाल ट्रेड यूनियन महासंघ ३४औं स्थापना दिवशको सन्दर्भमा

अध्यक्ष विनोद श्रेष्ठको मन्तव्य

२०८० श्रावण              

   मूलुकमा पूर्ण लोकतन्त्र स्थापना गर्दै सम्पूर्ण श्रमिकहरुको ट्रेड युनियन हक अधिकार प्राप्ती, संरक्षण विकास गर्दै समाजको आर्थिक सामाजिक रुपान्तरणको लक्ष्यका साथ पञ्चायती कालरात्री भित्र २०४६ साल श्रावण गते स्थापना गरिएको नेपाल ट्रेड युनियन महासङ्घको ३४औं स्थापना दिवसको उपलक्ष्यमा स्वदेश संसारभर छरिएका नेपाली श्रमिकहरु प्रति शुभकामना व्यक्त गर्दछु।   

 

यो महाअभियानमा आफ्नो जीवन आहुती गर्नु हुने महान सहीदहरु प्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछु बलिदानीपूर्ण यस सङ्घर्षहरु कार्यक्षेत्रमा घाइते बनाइनु भएका, पेशा काम गुमाउनु भएका, जेल जीवन व्यतित गर्नुभएका तमाम अगुवा ट्रेड युनियनकर्मीहरुप्रति पुनः भावपूर्ण स्मरण गर्दै श्रध्दा सम्मान प्रकट गर्दछु।

 

   हामी जिफन्टलाईभरोसायोग्य युनियन आन्दोलनको जन्म दिनेट्रेड युनियनको रुपमा गर्वका साथ लिने गर्दछौं।र व्यवहारमा समेत पुष्टी गरेका छौं।  यो दावीलाई सरकार, राजनीतिक दल सहितका अन्य सरोकारवालाहरुको साथै आइएलओ लगायतका अन्तर्राष्ट्रिय मित्रहरुले पनि स्विकारेकाछन्। ती हाम्रो आन्दोलनमा साथ ऐक्यवध्दता प्रदान गर्ने सबै निकायहरुसङ्ग पनि शुभकामना आदानप्रदान गर्दछु।  

   

ट्रेड युनियन केवल राजनीतिक पेशागत सामाजिक कानुनी आर्थिक आन्दोलन मात्र हैन यो मानवीय वर्गीय आन्दोलन हो। यो मूल्यमा आधारित स्वयमसेवी आन्दोलन पनि हो। त्याग, समर्पण निरन्तरता तथा एकापसमा सहयोग यसको आदर्श हो। यस प्रसङ्गमा हामी हाम्रो आफ्नै गर्वको इतिहासलाई यसरी सम्झन सक्छौं।

 

२०३५/३६ सालमा दोस्रो पुस्ताको ट्रेड युनियन आन्दोलन सुरु गरौं भनेर अगाडी बढ्दा हामीसङ्ग श्रमिक वर्गका लागि मर्न पनि तयार हुने भावनाभन्दा अरु के थियो ? पञ्चायतकालिन कालरात्रीका मतियारहरुको विरोध गर्दा होस वा सङ्गठन निर्माण गर्दा, जागिरबाट निकालिँदा वा प्रहरी प्रशासनबाट चर्को दमनमा पर्दा समेत अविचलित रुपमा निरन्तर सङ्गठनमा लाग्नु बाहेक हामीसङ्ग के थियो ?

 

२०३६ देखि २०४६ सम्मको एक दशकमा सङ्गठन निर्माण परिचालनका लागि हामीसङ्ग  चाहिने आवश्यक कुनै  पूर्वाधार थिएन। आर्थिक रुपमा कमजोर स्थितिलाई मजवुत बनाउन पटक पटक खेत खन्ने, धान काट्ने, कामदेखि लिएर जनताका घरमा देउसी भैलो कार्यक्रमहरु, मे दिवसमा आर्थिक सङ्कलन देखि प्रचारका लागि बनाइएका पोस्टरहरु रु मा बेच्ने, भूमिगत शैलीमा सांस्कृतिक कार्यक्रम गरेर वा बाटोमा जकात उठाएर आर्थिक संकलनको काममा लाग्ने त्यो बेलाका हाम्रा नेताहरुले आकाशमुनी बिताएका कैयौं  त्रासपूर्ण तथा साहसी रातहरु  यहि आन्दोलन निर्माणका लागि थिए।  थुप्रै संघर्ष बलिदानका वावजुद पनि तत्कालिन नेतृत्वको सम्बृध्द मजदुर वर्गको सपना साकार पार्न ट्रेड युनियन आन्दोलन मजवुत बनाउने एउटै लक्ष्य थियो।

 

२०४३ सालको मई दिवसमा एकीकृत ट्रेड युनियन आन्दोलनको लागि महासङ्घ बनाउने सपना पनि पञ्चायती सत्ताले चकनाचूर पारिदियो। तथापि कहिल्ये हार नखाने नेतृत्व वर्गको बहादुरीपूर्ण अठोटको कारण उक्त सपना २०४६ सालमा आएर  हामीले पूरा -यौं।  

 

 २०४६ साल श्रावण गते जीफन्ट स्थापना गर्दा ट्रेड युनियन आन्दोलनले देखेका सपना पूरा गर्न पनि हामीसङ्ग केबल सुन्दर सपना बाहेक केहि भौतिक सम्पती के नै थियो ? -आफूसङ्ग जे जे , त्यहि त्यहि समर्पण गरेर बलियो ट्रेड युनियन आन्दोलन निर्माणमा जुटेका हामी नै हौं नि। हामीलाई लाग्छ, हाम्रो आन्दोलनको त्यो नै सबैभन्दा सुखद, सुन्दर गौरवमय पक्ष्य थियो।

 

आज हामीसङ्ग आफ्नै भवन गाडी सुविधा सम्पन्न कार्यालयहरु, कार्यकर्ताहरुलाई सानै भए पनि केहिे रकम, कार्यालय सञ्चालनमा कर्माचारीहरु, नियमित प्रशिक्षणका सामाग्री सहितका सुविधाहरु छन्।  यी सबैको आधार हिजोको हाम्रा तिनै लगानीका प्रतिफलहरु हुन्।

 

 तर आजको परिस्थिति हिजो तपाईं हाम्रो बिच रहेका सामाजिक सांस्कृतिक वर्गीय हार्दिकता माथि खिया लाग्दैछ कि भन्ने भान भैरहेकोछ। समाजको साथै हाम्रो पनि वर्ग रुपान्तरण हुँदैछ। आत्मकेन्द्रित प्रवृत्ती बढ्दोछ। हामीले अन्त गर्ने भनेर कसम खाएको विविध प्रकारका उच नीचको व्यवहार कुनै कुनै रुपमा प्रकट हुँदैछ।  एकापसमा ख्याल गर, एक अर्कालाई माया गर भन्ने संस्कृति माथि कतै ह्रास आएको हैन ? हाम्रो बुझाइमा यस अवधीमा थपिएका जटिलताहरु यस्तै प्रवृतीसंग जेलिएकोछ।   

 

साथीहरु, जिफन्टको आठौं राष्ट्रिय महाधिवेशनमा हामीले श्रमिकको हक हितका लागि गरि आएका कामहरुलाई अझ उन्नत गर्दै यो कार्यकालमाजिफन्टको कायाकल्पगर्ने लक्ष्य लिएकाछौं   त्यसका लागि काम, ज्याला स्वच्छ कार्यथलो, तालिमेलाई तलब, स्थानीय तहमा अनौपचारिक श्रम क्षेत्रको सूचीकरण, न्यून आयलाई मध्यम आयतिर हुँदै सम्पन्नतातिर लाने अभियान, सहकार्य योगदान सहभागिता गर्दै सामाजिक सुरक्षामा मिलियन कार्यक्रमहरु अगाडि सारेकाछौं। त्यसैगरी अर्गनाइजिङ एकेडेमीको प्रभावकारी सञ्चालन, ट्रेड युनियनहरु बिच थप सार्थकताका साथ विविधतामा एकता, सीमापारीको काममा विस्तार प्रभावकारिता, महिला सशक्तिकरण, युवा सहभागिता  समसामयिक एजेण्डाहरुमा थप संलग्नतालाई कार्यक्रमको रुपमा निर्णय गरेका छौं। हाल यिनै कार्यक्रमहरुमा ध्यान केन्द्रित गरेर जिफन्ट अघि बढिरहेकोछ।यी कार्यक्रमहरुको पहिलो वर्षका उपलब्धी शिक्षाहरुको समीक्षा गर्दै यहि महिना दोस्रो वर्षको लागि वार्षिक कार्ययोजना तयार गरेर अगाडी बढ्दैछौं।

 

जिफन्टलेजहाँ श्रमिक त्यहाँ जिफन्टभन्ने नाराका साथ स्वदेश विदेशमा छरिएर अनेक खालका श्रम गरिरहेका श्रमिकहरुलाई गोलबन्द गर्ने विशाल लक्ष्य लिएकोमा हाल आएर सूचना प्रविधिको अभूतपूर्व विकासले त्यो सम्भावनाको द्वार खोलिदिएकोछ। त्यसैले उक्त नारालाई हामीलेजहाँ श्रमिक त्यहाँ जिफन्ट डिजिटल्लीभनेर विकास गरेका हौं।  अर्थात जिफन्टले अब आजबाट सुरु गरिएको यो एक्सन रुमबाट, संसारभरका श्रमिकहरुलाई लक्षित गरी बैठकहरु, शिक्षाका कार्यक्रमहरु, दिवस समारोहहरु मनाउनेछौं। विश्वको जुनकुनै कुनामा रहेका साथीहरुसङ्ग दोहोरो सम्वाद गर्नेछौं।  यस अन्तर्गतको पहिलो कार्यक्रम आगामी शुक्रबार कतारमा जिएसजिमा सङ्गठित रहेका श्रमिकहरुलाई लक्षित गरी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दैछौं। त्यसैगरी जिफन्ट एप्सको प्रयोग विस्तार गरी सदस्यता नविकरण, भेरिफिकेसन आदि सम्पूर्ण कामहरु अघि बढाउदैछौं। त्यसपछिको चरणमा श्रम गुनासो, मुद्दा, समस्याका सूचनाहरुलाई  तत्काल सम्बोधन गर्नको लागि अत्याधुनिक प्रविधियुक्त कल सेण्टरको सञ्चालन गरिनेछ। यसरी एक्सन रुमकल सेण्टर , वेबसाइट, समाचार, एप्सलाई जोड्दै बदलिएको श्रम संसारमा जिफन्टकोजहाँ श्रमिक त्यहाँ जिफन्ट डिजिटल्लीनारालाई प्रभावकारी ढङ्गले साकार बनाउनेछौं।

 

हाम्रो अध्ययन अनुभवमा विकास निर्माणको बजेट कटौतीले गर्दा रोजगारीहरु खोसिँदैछन्। आन्दोलन सिबिए मार्फत आर्जन गरेका होटेल सेक्टरको १०% सर्विस चार्ज अदालतको आडमा श्रमिक वर्गसङ्ग कुनै सरसल्लाह बेगर खारेज गरिदिएकोछ, श्रमिकको अधिकार योगदानमा आधारित सामाजिक सुरक्षामा गर्नुपर्ने योगदान छल्न पार्टटाइमर, आउट सोर्सिङ, तालिमे तथा श्रम स्विकृती नभएका विदेशी कामदारको संख्या बढ्दोछ। अन्तर्राष्ट्रिय मान्यता गन्तव्य मुलुकको कानुन अनुसारको कामदारको लागि निशुल्क भिसा, टिकटको प्रवन्ध हुनुपर्नेमा वर्तमान सरकार श्रमिकसङ्ग असुली गर्न पाउने बाटो खोजी भइरहेको बुझिएकोछ। वास्तविक ट्रेड युनियनहरुलाई छायाँमा पार्न नक्कली युनियनहरुको खेती हुँदैछ। श्रम ऐन २०७४ जारी गर्दा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन सहित जति बढी सामाजिक सुरक्षा त्यति नै श्रम लचकताको भावनाका साथ गरिएको थियो तर अहिले योगदानमा आधारित सामाजिक सुरक्षाको अनिवार्यताको सट्टा श्रम लचकताले ल्याएको श्रम ऐनका दफा १४५ लाई प्रयोग गरी श्रमजीवी वर्गलाई बेरोजगार बनाउँदैछ विभिन्न बहानामा योगदानमा आधारित सामाजिक सुरक्षा ऐनलाई प्वाल पार्ने काम भएको छ। यसबाट श्रमिकहरु पिडित हुनुपरेको यस वर्षको आषाढ़ मसान्तमा निर्णय गरेर श्रावण गते देखि अनिवार्य लागू गर्नु पर्ने  न्यूनतम वेतन हालसम्म निर्णय नगरी सरकार कानमा तेल हालेर सुतेकोछ।  

 

  त्यसैले यो वर्षको मे डे मा हामीलेहाम्रा अधिकारहरु खोसिदैछन्, संगठित बनौं, प्रशिक्षित होौं, परिचालित होऔं अधिकारको लागि हस्तक्षेप गरौंभन्ने उदघोष गरेकाथियौं। त्यसयता सोही अनुसारको कार्यक्रमहरु अगाडी सारेकाछौं।  

 

यी सबै चरणहरुमा यो एक्सन रुम साधक हुने हामीले अपेक्षा गरेकाछौं।    

 

 अन्तमा, गरी खाने वर्गको जीवन जिफन्टका सबै सपना योजनाहरु साझा हुन्, तमाम उपलब्धीहरु संसार बदल्ने हाम्रा दृष्टिकोण अडानहरु तथा हजारौं श्रमिक साथीहरुको त्याग बलिदान निरन्तरको अथक मेहनतबाट प्राप्त भएका हुन्। यो महाअभियानमा हातेमालो गर्ने मित्रहरुको साथ सहयोग बिर्सदैनौं। यसलाई अझ उचाईमा पु-याउनको लागि यो ३४औं जिफन्ट स्थापना दिवसको उपलक्ष्यमा मुलुक संसारभर छरिएर रहनुभएका सम्पूर्ण साथीहरुलाई वधाईका साथ शुभकामना व्यक्त गर्दै मेरो भनाई टुग्याउँछु।

धन्यवाद

 

प्रतिकृया दिनुहोस

श्रमाधान रोजगार मेला आज समापन हुँदै : १० हजारभन्दा धेरै युवाको आवेदन

काठमाण्डौ । सरकारले गएको १७ गतेदेखि शुरु गरेको श्रमाधान रोजगार मेला आज समापन हुँदैछ । कोशी प्रदेशको विराटनगरबाट शुरु भएको मेला आज बाग्मती प्रदेशको

काठमाण्डौ महानगरपालिकाले आज टुँडिखेलमा ‘रोजगार मेला’ आयोजना गर्दै

काठमाण्डौ ।  काठमाण्डौ महानगरपालिकाले आज टुँडिखेलमा ‘रोजगार मेला’ आयोजना गर्दैछ ।   सिप मेलाबाट प्रशिक्षण पाएका जनशक्तिलाई रोजगारदातासँग

श्रमाधान रोजगार मेला आज र भोलि पोखरामा हुँदै

गण्डकी प्रदेशको पोखरामा आज र भोलि श्रमाधान रोजगार मेला हुँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय