• सोमबार ६-२१-२०८१/Monday 10-07-2024

काठमाण्डौ उपत्यकामा साझा यातायातको सेवा विस्तार, आजदेखि रत्नपार्क–लेले रुटमा चल्ने

काठमाण्डौ । आजदेखि काठमाण्डौको रत्नपार्क हुँदै ललितपुरको लेलेसम्म साझा बस चल्ने भएको छ । साझा यातायातले सेवा विस्तार गर्दै आजदेखि रत्नपार्क – लेले रुटमा गाडी चलाउन थालेको हो ।


बिहान ६ बजेदेखि बेलुका सात बजेसम्म साझाका गाडी यो रुटमा चल्ने साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।
अहिले डिजेलबाट चल्ने चार वटा गाडीलाई यो रुटमा हालेको उहाँले जानकारी दिनुभयो ।  साझाका गाडी रत्नपार्क, पुरानो बसपार्क, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, चापागाउँ–थेचो–सुनाकोठी हुँदै लेले पुग्ने छन् । लेलेबाट छुट्ने गाडी पनि यही रुट अनुसार चल्ने छन् । ललितपुरको गोदावरीमा चार्जिङ स्टेशन बनेपछि यो रुटमा विद्युतीय गाडी चलाउने तयारी भएको महाप्रबन्धक पाण्डेले बताउनुभयो ।


साझाले खरिद गरेको ४० वटा विद्युतीय बसमध्ये अहिलेसम्म १८ वटा सञ्चालनमा छन् । बाँकी बस सञ्चालन गर्ने तयारी भइरहेको उहाँको भनाइ छ । अपाङ्गता भएकाहरु चढ्न मिल्ने  र्‍याम्पसहितको सुविधा भएको  विद्युतीय बस खरिद गर्न २०७८ साल चैत १३ गते साझाले ग्लोबल टेन्डर आह्वान गरेको थियो ।

प्रतिकृया दिनुहोस

अमेरिकाको नर्थक्यारोलिनामा पहिलो नेपाली पुस्तकालय ‘आरम्भ’ स्थापना

काठमाण्डौ । अमेरिकाको नर्थक्यारोलिनामा नेपालीहरूले पहिलो पटक नेपाली पुस्तकालय खोलेका छन् । नेपाली भाषा साहित्यको संरक्षणको लागी अमेरिकाको

बेइजिङ प्लस ३० का लागि एक दिवसीय समीक्षा कार्यशाला गोष्टी सम्पन्न

काठमाण्डौ । महिला मानव अधिकार सम्बन्धी बेइजिङ प्लस ३० का लागि नेपालको आदिवासी जनजाति महिलाहरूको पक्षबाट राष्ट्रिय स्तरको एक दिवसीय समीक्षा

भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकतामा राख्न पूर्व राष्ट्रपति भण्डारीको सुझाव

भक्तपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकताकासाथ अगाडि लैजान जनप्रतिनिधिहरूलाई सुझाव