• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

पहिचान आन्दोलनलाई एशियाका आदिवासीहरूको साझा संस्थाको समर्थन

झापा । एसियाका आदिवासीहरुको साझा संस्था एसियन इन्डिजिनियस पिपुल्स प्याक्ट (एआइपीपी)ले पहिचानको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।

 

नेपालसहित एसियाका विभिन्न १४ वटा देश सदस्य भएको एआइपीपीका पदाधिकारीहरु प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिद्वारा कोशी विरुद्धको आन्दोलनलाई समर्थन जनाउन यतिबेला नेपालमा छन् ।

 

एआईपीपीका महासचिव ग्याम वोङ्दी सिमरीले आदिवासी आन्दोलन ऐतिहासिक, तथ्यपरक साथै अधिकारमुखी भएको हुँदा हामी नेपालमा भएका आदिवासी आन्दोलनलाई समर्थन गरेर जाने बताउनु भयो । 

 

आदिवासीहरुको मानव अधिकारसम्बन्धी वकिल समूह (लाहुर्निप) र प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले सोमवार बिर्तामोडमा संयुक्तरुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिवमा सिमरीले अधिनायकवादी नेता जस्तो नगरी सबै आदिवासी जनजाति मिलेर आन्दोलनलाई दूरदृष्टि बनाउन आग्रह गर्नु भयो । 

 

उहाँले कोशी नाम खारेजी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै आन्दोलनलाई सुदृढ बनाउने कुरामा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै एआइपीपीका उपमहासचिव के जनले कोशी नाम खारेजी आन्दोलनप्रति आफूहरु उत्साहित भएको बताउनु भयो । 

 

उहाँले आदिवासीहरुको लागि नाम महत्वपूर्ण विषय भएको बताउँदै नामसंग आदिवासीहरुको भूमि , अध्यात्म, संस्कार संस्कृति र संसारले हेर्ने दृष्टिकोण जोडिएको अनुभव सुनाउनुभयो ।

 

कार्यक्रममा आदिवासी अभियन्ता डा. कृष्ण भट्टचनले लाटोको भूतले कोशी प्रदेश नामकरण गरेको बताउँदै उहाँले त्यस्ता लाटोको भूत र बंशका गद्धारहरुलाई जहाँ भेट्यो त्यही कारवाही गर्नु पर्ने चेतावनी दिनुभयो । उहाँले गैर आदिवासी नेतृत्वले आदिवासीहरुलाई हक अधिकार दिन नसक्ने ठोकुवा गर्नुभयो । 

 

कार्यक्रममा बोल्दै लाहुर्निपका उपाध्यक्ष अधिवक्ता शंकर लिम्बूले पहिचानको विरोध गर्न आएका पूर्व प्रधानमन्त्री केपी ओलीले आतंककारी भनेर आदिवासीहरुलाई हेप्ने सीमा र अन्यायको पराकाष्ठा नाघेको आरोप लगाउनु भयो । 

 

उनले संविधानले व्यवस्था गरेको अधिकार माग्दा विरोध गर्ने ओलीलाई आदिवासीहरुले फौजदारी अपराधीको रुपमा लिएको बताए । कोशी नाम खारेजीको आन्दोलनलाई अन्तर्राष्ट्रियकरण गर्न लागेको उहाँको भनाई थियो ।

 

प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिका संयोजक पाण्डवलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सचिव सेसेहाङ फियाकले  गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न जातीय संस्थाका अग्रजहरुको सहभागिता रहेको थियो ।

 

समाचारश्रोत ः yalambartimes.com 

प्रतिकृया दिनुहोस

राष्ट्रसङ्घीय कमिटीमा नेपालकी राणा निर्वाचित

एजेन्सी । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा

सुनकोशी-२ आयोजनाका कारण माझी महिलाको अस्तित्व संकटमा

काठमाडौं । रामेछाप जिल्लाको मन्थली नगरपालीका अन्तरगतका माझी महिलाहरूले आफ्नो अस्तित्व नामेट पार्नेगरी सुनकोसी-२ आयोजना कार्यान्वयन गर्न लागिएको

चेपाङ महिलामा हुने हिँसा न्यूनिकरणको प्रयास गर्नेछौं : सभापति साह

काठमाडौं । प्रतिनिधिसभा अन्तरको महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले चेपाङ समुदायका महिला माथी हुने हिँसा न्यूनिकरणका लागि