• बुधबार ६-३०-२०८१/Wednesday 10-16-2024

भारतीय विदेश मन्त्रालयले भन्यो : मिश्रीको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धलाई अघि बढाउन थप मद्दत मिल्यो

काठमाण्डौ । भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीको दुई दिने नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धलाई अघि बढाउन थप मद्दत मिलेको भारतले धारणा सार्वजनिक गरेको छ ।

 

परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा नेपालको दुई दिने भ्रमण सकेर हिजो बेलुका स्वदेश फर्किएपछि भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी विदेश सचिवको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै द्विपक्षीय सम्बन्धलाई अघि बढाउन मद्दत गरेको उल्लेख गरेको हो ।

 

मिश्रीले औपचारिक भ्रमणमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री प्रकाशमान सिंह, विभिन्न मन्त्री एवम् सचिवहरुसँग भेटवार्ता गर्नुभएको थियो ।

 

भारतीय विदेश सचिवको भ्रमणका क्रममा नेपाल–भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्ध गराउन माग गरिएको छ । साथै परराष्ट्र मन्त्री डा. आरजु राणाले पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउने बारेमा कुरा उठाउनुभएको छ । व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिनुपर्ने विषयमा पनि द्विपक्षीय कुराकानी भएको छ । विदेश सचिव मिश्री गएराति स्वदेश फर्किनुभएको छ ।

प्रतिकृया दिनुहोस

आज राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीसहित गृह, ऊर्जा र संस्कृति पर्यटनमन्त्रीले सदनमा उठेका प्रश्नको जवाफ दिने

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो (बिहीबार) सदनमा उठेका प्रश्नको जवाफ आज सदनमा दिने कार्यसूची रहेको छ ।   दिउँसो १ बजे बस्ने

नेपालमा समाज बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव छैन : प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सकारले देशद्रोही, जनविरोधी र अलोकतान्त्रिक काम नगर्ने भएकाले नेपालमा समाज बिथोल्ने खालका कुनै पनि

प्रधानमन्त्री ओलीसँग नेपालका लागि कतारका राजदूत अन्सारीको भेट

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन कोअपरेसन डायलग’ (एसिडी) सम्मेलनमा सहभागी हुन कतारका राजाका