• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024

एमालेले निर्वाचन क्षेत्रीय कमिटीलाई प्रभावकारी बनाउने

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्यहरुको कार्यक्षेत्र अब प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा हुने भएको छ ।

 

यसअघि पालिका इन्चार्जसम्म बनेका केन्द्रीय सदस्यहरुको कार्यक्षेत्र अब निर्वाचन क्षेत्र हुने र ती कमिटीलाई प्रभावकारी बनाउने मापदण्ड केन्द्रीय सचिवालयले पारित गरेको छ । यो मापदण्ड अनुसार अब प्रदेश कमिटीले पालिका र जिल्लाले वडा तथा वडाले टोल कमिटी तथा टोल कमिटीले पार्टी सदस्यलाई कामको आधारभूत क्षेत्र बनाउनेछन् ।  एमालेले फरक भूगोलमा पठाएका नेताहरूलाई आफ्नै कार्यक्षेत्रमा फर्काएको छ।

 

आज बसेको सचिवालय बैठकले अब नेताहरूलाई अर्को कार्य विभाजन गरेर निर्वाचन क्षेत्रीय कमिटीलाई प्रभावकारी बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए। उनले भने, ‘हामीले एक वर्षअघि पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई सम्बन्धित भूगोलभन्दा बाहिर पठाएका थियौँ। अब आफ्नै भूगोलमा फर्काइनेछ। नयाँ कार्यविभाजनको आधार केन्द्रीय सदस्यहरूलाई तल्लो इकाइको आधारमा प्रतिनिधि र प्रदेशसभा निर्वाचन क्षेत्रमा, त्यो भन्दा माथि जिल्ला वा प्रदेशको जिम्मेवारी लिन पनि सक्यो। आधारभूत इकाई चाहिँ निर्वाचन क्षेत्रको समन्वय कमिटीलाई आधार बनाएर कार्यविभाजन गर्नेछौं। केन्द्रले निर्वाचन क्षेत्रलाई कार्य विभाजन इकाई बनाउने भएकाले प्रदेशले पालिकालाई आधार बनाउँछ, जिल्लाले वडालाई, पालिकाले टोललाई कार्यक्षेत्र बनाउँछ।’

 

उनले बैठकले सबै जिल्लालाई साउन मसान्तसम्म सदस्यता नवीकरण केन्द्रमा पठाएर भन्दै मसान्तभित्रमा संगठन विभागबाट प्रमाणीकरण गराइसक्न निर्देशन दिएको बताए।

प्रतिकृया दिनुहोस

आज राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीसहित गृह, ऊर्जा र संस्कृति पर्यटनमन्त्रीले सदनमा उठेका प्रश्नको जवाफ दिने

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो (बिहीबार) सदनमा उठेका प्रश्नको जवाफ आज सदनमा दिने कार्यसूची रहेको छ ।   दिउँसो १ बजे बस्ने

नेपालमा समाज बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव छैन : प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सकारले देशद्रोही, जनविरोधी र अलोकतान्त्रिक काम नगर्ने भएकाले नेपालमा समाज बिथोल्ने खालका कुनै पनि

प्रधानमन्त्री ओलीसँग नेपालका लागि कतारका राजदूत अन्सारीको भेट

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन कोअपरेसन डायलग’ (एसिडी) सम्मेलनमा सहभागी हुन कतारका राजाका