अस्थिरता र अराजकता रोक्न कांग्रेस–एमाले सहकार्यः ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता र अराजकता रोक्न कांग्रेस एमाले सहमति भएको प्रष्ट पार्नुभएको छ।
बुधबार पार्टी मुख्यालमा आयोजित सचिवालय बैठकमा कांग्रेससँगको सहमति र पछिल्लो राजनीतिक परिवेशबारे उहाँले ब्रिफिङ गर्दै यस्तो बताउनुभएको हो । जारी बैठकको सुरूमा उनले संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको प्रष्ट पार्नुभयो ।
अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको ओलीको भनाइ थियो । निश्चित बुँदा तोकेर निष्कर्षमा नपुगेको भन्दै ओलीले आयोग कसैको नेतृत्वमा पनि नबनेको साथै बन्ने भन्ने कुरा नभएको पदाधिकारीहरूलाई जानकारी गराउनुभयो ।
राष्ट्रिय हितहरूको रक्षा संवर्द्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति आवश्यक संशोधन हुने उहाँको भनाइ छ । एमाले र नेपाली कांग्रेस मिल्दा संविधान अराजकता, अन्योलता र अस्थिरतातिर गएको भन्ने कुरा भ्रम फैल्याउनका लागि बोलिएको ओलीले बताउनुभयो ।
प्रदेशहरूमा महिना दिनमा सरकार बनाउने, बार्गेनिङ गर्ने, निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर अस्थिरता निम्त्याउने क्रमलाई रोक्न एमाले र कांग्रेस मिलेको उहाँले प्रष्ट्यानु भएको छ । संविधानप्रतिको ओठे भक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास स्वीकार्य नहुने उहाँले बताउनुभयो ।
आज राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीसहित गृह, ऊर्जा र संस्कृति पर्यटनमन्त्रीले सदनमा उठेका प्रश्नको जवाफ दिने
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो (बिहीबार) सदनमा उठेका प्रश्नको जवाफ आज सदनमा दिने कार्यसूची रहेको छ । दिउँसो १ बजे बस्ने
नेपालमा समाज बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव छैन : प्रधानमन्त्री ओली
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सकारले देशद्रोही, जनविरोधी र अलोकतान्त्रिक काम नगर्ने भएकाले नेपालमा समाज बिथोल्ने खालका कुनै पनि
प्रधानमन्त्री ओलीसँग नेपालका लागि कतारका राजदूत अन्सारीको भेट
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन कोअपरेसन डायलग’ (एसिडी) सम्मेलनमा सहभागी हुन कतारका राजाका
प्रतिकृया दिनुहोस