जब केकी अधिकारीले आशमानलाई धोका दिए (हेर्नुहोस् भिडियो)

काठमाडौं । बागमती प्रदेश चलचित्र सङ्घका अध्यक्ष आशमान वाइबाद्वारा अभिनीत म्युजिक भिडियो ‘आफ्नै धड्कन’ सार्वजनिक भएको छ । जेठ १९ गते शनिवार चलचित्र विकास बोर्डको सभा हलमा पत्रकार सम्मेलन गरी सो गीत सार्वजनिक गरिएको हो ।
वरिष्ठ गीतकार एवम् नेपाल प्रहरीका एआइजी टेक तामाङको शब्द रहेको गीतलाई गायक स्वरूपराज आचार्यले गाउनु भएको हो । त्यसैगरी, पावल चाम्लिङ राईको सङ्गीत र चाँद सिंहको सङ्गीत संयोजन रहेको छ।
निकेश खड्काद्वारा निर्देशित भिडियोमा माया पिरतीसँग बिछोडिएको पीडा प्रस्तुत गरिएको छ । प्रेमिल भावले ओतप्रोत भएतापनि यससँगै प्रेममा उत्तरचढाव भइरहन्छ । सारा संसार भुलेर सच्चा माया गरे पनि प्रेमिकाकै अगाडि अर्को अँगालेपछि बिछोडिएको पीडा प्रेमी वाइबामार्फत देखाइएको छ ।
भिडियोमा आशमान वाइबा, नायिका केकी अधिकारी, सनम कठायतले फिचरिङ गर्नुभएको छ । ३ दिनमै यस भिडियोलाई करिब २ लाख भ्यूज प्राप्त भएको छ ।
भिडियोलाई कला निर्देशक मनिक पाख्रिन र छायाङ्कन उत्तम हुमागाई, क्यामेरा टीममा युवाराज हुमागाईँ, गोकुल हुमागाईँ, मित्रनाथ योगी, रामप्रसाद हुमागाईँ र सम्पादन विकास धमलाले गर्नुभएको हो । सह छायाँङ्कन कुलप्रसाद हुमागाईँको रहेको छ ।

आचार संहिता उलङ्घनप्रति निर्मम बन्दै काउन्सिल अध्यक्ष बस्नेत, हटायो कान्तिपुरले कार्यक्रम
काठमाडौंँ । अन्ततः काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको कडा निर्देशन पछि कान्तिपुर टिभीले विबादास्पत् कार्यक्रम युटुब च्यानलबाट डिलिट गरेको छ ।

वरिष्ठ गीतकार एवं एआइजी टेक तामाङको शब्द रचनामा सिर्जित नयाँ गीत ‘एउटा जून’ सार्वजनिक
काठमाडाैं । वरिष्ठ गीतकार एवं एआइजी टेक तामाङको शब्द रचनामा सिर्जित नयाँ गीत ‘एउटा जून’ सार्वजनिक भएको छ । ‘एउटा जून’ गीत शुक्रवार प्रह्लाद

वरिष्ठ गीतकार एवं एआइजी टेक तामाङको शब्द रचनामा सिर्जित नयाँ गीत ‘एउटा जून’ सार्वजनिक
काठमाडाैं । वरिष्ठ गीतकार एवं एआइजी टेक तामाङको शब्द रचनामा सिर्जित नयाँ गीत ‘एउटा जून’ सार्वजनिक भएको छ । ‘एउटा जून’ गीत शुक्रवार प्रह्लाद
प्रतिकृया दिनुहोस