• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024

कृषि बिमाका लागि अनुदान रकम दिने तयारीमा सरकार

काठमाण्डौ । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि बिमाका लागि दिनुपर्ने अनुदान रकम दिने तयारीमा सरकार लागेको बताउनुभएको छ। 

 

उहाँले कृषि मन्त्रालयले माग गरेको ९७ करोड रुपियाँ अर्थ मन्त्रालयबाट स्वीकृत भएर आउनेबित्तिकै त्यो वितरण हुने बताउनुभयो । हिजो (आइतबार) नेपाल पशु चिकित्सा परिषद्को डिजिटल काउन्सिल र पुस्तकालयको उद्घाटन तथा आइएसओ ९००१:२०१५ को लोकार्पण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

 

चालु आर्थिक वर्षमा भुक्तानी गर्नुपर्ने तीन अर्बमध्ये एक अर्ब ९३ करोड रुपियाँ भुक्तानी भइसकेको बताउँदै उहाँले त्यसका लागि आफूले सुरुदेखि पहल गरेको बताउनुभयो । अनुदानबापत सरकारले तीन अर्ब रकम दिन बाँकी थियो, त्यसमध्ये एक अर्ब ४५ करोड पाइसकेको र ९७ अर्ब स्वीकृत हुने अवस्थामा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “४८ करोड रुपियाँ मैले नै भुक्तानी गराएको हुँ ।” 

 

मन्त्री साहले कृषि तथा पशुको बिमाबारे आमनागरिकलाई जानकारी नरहेको बताउँदै त्यसका बारेमा सचेतना फैलाउनुपर्ने धारणा राख्नुभयो । लम्पी स्किन रोगका समयमा किसानलाई सहयोग गर्न नसकेको स्वीकार गर्दै उहाँले बिमामा किसानको प्रत्यक्ष पहुँच हुन सकेको छ वा छैन त्यसबारे अनुगमन गरी पहुँच नपुगेको ठाउँमा बिमा कार्यक्रम पुर्‍याउनुपर्ने बताउनुभयो । 

प्रतिकृया दिनुहोस

आज राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीसहित गृह, ऊर्जा र संस्कृति पर्यटनमन्त्रीले सदनमा उठेका प्रश्नको जवाफ दिने

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो (बिहीबार) सदनमा उठेका प्रश्नको जवाफ आज सदनमा दिने कार्यसूची रहेको छ ।   दिउँसो १ बजे बस्ने

नेपालमा समाज बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव छैन : प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सकारले देशद्रोही, जनविरोधी र अलोकतान्त्रिक काम नगर्ने भएकाले नेपालमा समाज बिथोल्ने खालका कुनै पनि

प्रधानमन्त्री ओलीसँग नेपालका लागि कतारका राजदूत अन्सारीको भेट

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन कोअपरेसन डायलग’ (एसिडी) सम्मेलनमा सहभागी हुन कतारका राजाका