• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

ग्लोबल आइएमई बैंकको 'डिजिटल युनिभर्स' सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्ने गरी छुट्टै लाउन्ज 'डिजिटल युनिभर्स”' सञ्चालनमा ल्याएको छ ।  
आइतबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक जम्मा गर्ने मेशिन, नगद जम्मा गर्ने मेशिन र एटीएम मेशिन जस्ता अत्याधुनिक मेशिनहरु रहेको डिजिटल युनिभर्सको उद्घाटन गर्नुभयो । 


उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले भन्नुभयो, “डिजिटल युनिभर्सको सञ्चालनले डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्दै आम जनतालाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै ग्राहकहरुलाई सरल र सहज बैंकिङ सेवा प्रदान गर्न सहयोग पुग्नेछ ।”


“यो पहल ग्लोबल आइएमई बैंकको आफ्ना ग्राहकहरुलाई छिटो र सरल बैंकिङ सेवा प्रदान गर्ने निरन्तर प्रयासहरुको एक हिस्सा हो । हामीले आज लन्च गरको डिजिटल युनिभर्सको उद्देश्य अहिले विश्वव्यापीरुपमा भइरहेको डिजिटल बैंकिङतर्फको यात्रासँग मेल खान्छ ।”


आजको युगमा डिजिटल बैंकिङको महत्व बढ्दै गएको छ । डिजिटल बैंकिङले ग्राहकहरुलाई आफ्नो अनुकूल समयमा सुरक्षित र सहज बैंकिङ सेवा उपलब्ध गराउँछ ।
ग्लोबल आइएमई बैंकको डिजिटल युनिभर्सले यस डिजिटल रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नेछ ।


यस्ता नवीन बैंकिङ्ग प्रविधिहरु अंगालेर बैंकले आफ्ना ग्राहकहरुको बदलिँदो बैंकिङ आवश्यकताहरु मात्र पुरा गरेको छैन, डिजिटल नेपाल निर्माणको लागि आधार खडा गर्न उल्लेख्य सहयोग पु¥याएको छ । 
कार्यक्रममा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकारीलगायत बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो । 
 

प्रतिकृया दिनुहोस

ग्लोबल आइएमई बैंक र इशान अस्पतालबीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा छुटसम्बन्धी समझदारी

काठमाण्डौ ।  ग्लोबल आइएमई बैंक लिमिटेड र इशान बाल तथा महिला अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य

आर्थिक तथा वित्तीय सूचकहरू सकारात्मक

काठमाण्डौ ।  चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा आर्थिक तथा वित्तीय सूचकहरूको अवस्था सकारात्मक देखिएको छ ।   नेपाल राष्ट्र बैंकले हिजो

ग्लोबल आईएमई बैंक र नास–आईटीले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने

काठमाण्डाै – ग्लोबल आईएमई बैंक लिमिटेड र नेपाल एसोसिएशन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) बीच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर