• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

नेकपा एमाले काठमाण्डौको सातौँ जिल्ला अधिवेशनको बन्द सत्र जारी

काठमाण्डौ । नेकपा (एमाले) काठमाण्डौको सातौँ जिल्ला अधिवेशनको बन्द सत्र जारी रहेको छ ।

बबरमहलस्थित कार्की ब्याङक्वेटमा आज (आइतबार) देखि बन्द सत्र सुरु भएको छ । अधिवेशनमा ५८५ जना प्रतिनिधिको सहभागिता रहेको छ । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित २२५ जनाको नयाँ कमिटी निर्वाचित गर्ने छ ।

नयाँ नेतृत्वका लागि दिपक निरौला र निर्मल देउलाबीच प्रतिस्पर्धा हुने देखिएको छ । यस्तै सचिवमा विश्वराम सापकोटा, नवराज पराजुली, सचिवमा सत्यनारायण डंगोल र राजेश शाक्यको नाम चर्चामा छ ।

आज राजनीतिक र सांगठनिक प्रतिवेदन पारित गरेपछि भोलिबाट निर्वाचन प्रक्रिया सुरु गर्ने जनाइएको छ । जिल्ला अधिवेशनमा विद्युतीय भोटिङ् मेसिन प्रयोग गरिने छ । राम–लक्ष्मण इनोभेसनको भोटिङ मेसिन प्रयोग गर्ने सम्झौता गरिएको छ । सोमबारसम्म उम्मेदवारको मनोनयन गरेर मंगलबार जेठ २९ गते निर्वाचन गर्नेका लागि राम–लक्ष्मण इनोभेसनलाई जिम्मेवारी दिइएको छ ।

हिजो (शनिबार) एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्नु भएको थियो । इनोभेसनका निर्देशक लक्ष्मण रिमालकाअनुसार निर्वाचनमा ३५ मेसिन प्रयोग गरिनेछ । भोटिङ मेसिनमा उम्मेदवारको फोटो पनि राखिने र एक जनालाई २२५ जना उम्मेदवार छान्न करिब आधा घण्टा लाग्ने उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति आज

काठमाण्डौ ।  नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ।   नेपाल कम्युनिष्ट

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ सांसदको विश्वास

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउनुभएको छ । प्रतिनिधिसभामा आज भएको मतदानमा उहाँको पक्षमा दुईतिहाइ सांसदले भोट हानेका

प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै (प्रत्यक्ष प्रसारण)

काठमाण्डौ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यसूचीसहित प्रतिनिधिसभा बैठक सुरू भएको छ ।   कांग्रेसको समर्थनमा असार ३० गते