• मंगलबार ३-१२-२०८१/Tuesday 06-25-2024

प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित

काठमाडौँ। प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ ।

 

सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो ।

 

आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । अब २९ गतेदेखि नियमित छलफल हुनेछ । विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको हो ।

 

सभामुख देवराज घिमिरेले बोलाउनुभएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली काँग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही उपस्थित हुनुहुन्थ्यो ।

प्रतिकृया दिनुहोस

आज चिनियाँ उपविदेशमन्त्री सुन आउनुहुँदै

काठमाण्डौ । जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज (सोमबार) देखि नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ ।   भ्रमणका क्रममा

कृषि बिमाका लागि अनुदान रकम दिने तयारीमा सरकार

काठमाण्डौ । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि बिमाका लागि दिनुपर्ने अनुदान रकम दिने तयारीमा सरकार लागेको बताउनुभएको

 संसदका कर्मचारीको माग वार्ताद्धारा समाधान हुनुपर्छ : ओली  

  काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद सचिवालयका कर्मचारीको माग वार्ताद्वारा समाधान गर्नुपर्ने बताएका छन् ।  आइतबार