नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि नियुक्त

एजेन्सी । भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि नियुक्त हुनुभएको छ ।
राष्ट्रपति द्रौपदी मुर्मुले हिजो बेलुका उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । राष्ट्रपतिले सरकार गठन गर्न औपचारिक रुपमा आह्वान पनि गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
त्यसअघि हिजो बसेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) को बैठकले मोदीलाई दलको नेतामा चयन गरेको थियो । एनडीएका सांसदहरुले राष्ट्रपतिलाई समर्थन पत्र बुझाएका थिए । मोदीले भोलि बेलुका प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम छ । ७३ वर्षका उहाँको यो ऐतिहासिक तेस्रो कार्यकालको सपथ हुनेछ ।
लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले एकल बहुमत ल्याउन नसकेपछि मोदी एनडीए गठबन्धनको तर्फबाट प्रधानमन्त्री बन्नुभएको हो । एनडीए गठबन्धनसँग संसद्को तल्लो सदन लोकसभामा पाँच सय ४३ मध्ये दुई सय ९३ सिट छ । यसमा भाजपाको दुई सय ४० सिट रहेको छ । अघिल्लो दुई चुनाव सन् २०१४ र २०१९ मा भाजपा एक्लैले बहुमत ल्याएको थियो ।

अमेरिकाको नर्थक्यारोलिनामा पहिलो नेपाली पुस्तकालय ‘आरम्भ’ स्थापना
काठमाण्डौ । अमेरिकाको नर्थक्यारोलिनामा नेपालीहरूले पहिलो पटक नेपाली पुस्तकालय खोलेका छन् । नेपाली भाषा साहित्यको संरक्षणको लागी अमेरिकाको

बङ्गलादेशको अन्तरिम सरकार प्रमुख युनुसको शपथ, मन्त्रिपरिषदमा दुई जना विद्यार्थी नेता पनि
एजेन्सी । बङ्गलादेशमा गठन भएको अन्तरिम सरकारको प्रमुखका रुपमा नोबेल पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनुसले शपथ लिनुभएको छ । उहाँले अन्तरिम

नोबेल पुरस्कार विजेता युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त
काठमाण्डौ । बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन्। नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद
प्रतिकृया दिनुहोस