• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि नियुक्त

एजेन्सी । भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि नियुक्त हुनुभएको छ ।

 

राष्ट्रपति द्रौपदी मुर्मुले हिजो बेलुका उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । राष्ट्रपतिले  सरकार गठन गर्न औपचारिक रुपमा आह्वान पनि गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

त्यसअघि हिजो बसेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) को बैठकले मोदीलाई दलको नेतामा चयन गरेको थियो । एनडीएका सांसदहरुले राष्ट्रपतिलाई समर्थन पत्र बुझाएका थिए । मोदीले भोलि बेलुका प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम छ । ७३ वर्षका उहाँको यो ऐतिहासिक तेस्रो कार्यकालको सपथ हुनेछ ।

 

लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले एकल बहुमत ल्याउन नसकेपछि मोदी एनडीए गठबन्धनको तर्फबाट प्रधानमन्त्री बन्नुभएको हो । एनडीए गठबन्धनसँग संसद्को तल्लो सदन लोकसभामा पाँच सय ४३ मध्ये दुई सय ९३ सिट छ । यसमा भाजपाको दुई सय ४० सिट रहेको छ । अघिल्लो दुई चुनाव सन् २०१४ र २०१९ मा भाजपा एक्लैले बहुमत ल्याएको थियो ।

प्रतिकृया दिनुहोस

विराेध र बहिष्कारबीच इजरायली प्रधानमन्त्री नेतन्याहुको सम्बोधन, ‘हमासमाथिकाे कारबाही राेकिँदैन’

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले विद्रोही समूह हमासको पूर्णरूपमा अन्त्य नभएसम्म गाजामा आक्रमण नरोकिने बताउनुभएको छ

गाजाको दक्षिणी शहर खान युनिसमा इजरायलको आक्रमणबाट ७० जनाको ज्यान गयो

एजेन्सी । गाजाको  दक्षिणी शहर खान युनिसमा इजरायली आक्रमणमा परि ७० जनाको ज्यान गएको छ ।   विद्रोही समूह हमासले सञ्चालन गरेको स्वास्थ्य

चुनावमा प्रतिस्पर्धा नगर्ने अमेरिकी राष्ट्रपति बाइडनको घोषणा, कमला ह्यारिसलाई समर्थन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले आउँदो चुनावबाट आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गर्नुभएको छ ।   राष्ट्र र पार्टी हितको लागि आफूले