• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024

विश्व वातावरण दिवस : मदन भण्डारी मेमोरियल कलेजले गर्‍यो वृहत सरसफाइ कार्यक्रम

काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजले विश्व वातावरण दिवसका अवसर पारेर आज (बुधबार) सरसफाइ कार्यक्रमको आयोजना गरेको छ । कलेजअन्तर्गतकै अतिरिक्त क्रियकलापकका कार्यक्रम सञ्चालन गर्ने विभागसँग सहकार्य गरेर कलेज परिसर, स्वयम्भुनाथ र त्यस आसपासको क्षेत्र सफा गरिएको हो ।


कलेजका प्रमुख डा.बाबुराम अधिकारीले वातावरणप्रति सबैजना तदारुकताका साथ अघि बढ्नुपर्ने बताउनुभयो । जलवायू परिवर्तनका असरले हिमालका हिउँ पग्लि रहेको अवस्थामा जनस्तरबाटै भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ । वातावरण प्रदूषणका नकारात्मक प्रभावबाट जोगिन हामीले सरसफाइमा ध्यान दिनुपर्ने, नागरिक तथा विद्यार्थीहरु सजग हुनुपर्ने, जथाभावी फोहोर गर्ननहुने र वातावरण मैत्री वस्तुहरुको प्रयोग गर्नुपर्ने प्रमुख अधिकारीले जोड दिनुभयो ।
अतिरिक्त क्रियकलापका संयोजक मोहित कुमार गुरागाईँले कलेज प्रशासन, शिक्षक र सबै सहभागीहरूले राम्रो काम गरेको बाताउनुभयो ।


त्यसैगरी, अमित चौधरीको पहलमा विद्यार्थीहरुले स्वयम्भुनाथ क्षेत्रमा बर्ड वाटर फिडर पनि स्थापना गरेका थिए । 


हरेक वर्ष जुन ५ तारिखका दिन वातावरण दिवस विश्वव्यापी रुपमा मनाउने गरिन्छ । यस वर्ष विश्व वातावरण दिवस ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नाराका साथ भूमि पुनर्स्थापना, मरुभूमिकरण र खडेरीविरुद्ध जुध्ने अभियानमा केन्द्रित रहि देशैभर कार्यक्रम भएका हुन् । 

 

प्रतिकृया दिनुहोस

कक्षा १२ को नतिजा सार्वजनिक : नियमिततर्फ ५३ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाण्डौ ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।   बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार नियमिततर्फ ५२ दशमलव ९१

उच्चशिक्षाका लागि विद्यार्थी विदेशिने क्रमलाई स्वदेशमै सृजना गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको पुनः संरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै उच्चशिक्षाका लागि

काठमाण्डौ उपत्यकामा सरकारले आजदेखि विशेष पोलियो खोप अभियान शुरु गर्दै

काठमाण्डौ ।  काठमाण्डौको ढलमा पोलियोको परिवर्तित भाइरस भेटिएपछि सरकारले आजदेखि विशेष पोलियो खोप अभियान शुरु गर्दैछ ।   अभियानका क्रममा