• मंगलबार ३-१२-२०८१/Tuesday 06-25-2024

भारतमा लोकसभा चुनावको मतगणना आज

एजेन्सी । भारतमा ६ हप्ता लगाएर सात चरणमा भएको लोकसभा चुनाव २०२४ को मतगणना आज शुरु हुँदैछ ।

 

भारतीय निर्वाचन आयोगकाअनुसार ५ सय ४३ लोकसभा सिटमध्ये ५ सय ४२ सिटको मतगणना आज बिहान ८ बजेदेखि शुरु हुनेछ । गुजरातको सूरत लोकसभा सिटबाट भाजपाका मुकेश दलाल यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।

 

त्यहाँ कांग्रेस उम्मेदवारको उम्मेदवारी रद्द भएपछि बाँकी स्वतन्त्र उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिएका थिए । नियमअनुसार आज शुरुमा हुलाक मतपत्रको मतगणना हुनेछ त्यसपछि इभिएम अर्थात इलेक्ट्रोनिक भोटिङ मेसिनमा खसेको मत गणना हुनेछ ।

 

कुनै पनि केन्द्रमा मतपत्र नभएको खण्डमा सिधै इभिएमबाट मतगणना शुरु हुनेछ । प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले अप्रिल १९ देखि जुन १ सम्म सात चरणमा भएको मतदानमा देशका ९६ दशमलव ८ करोड दर्ता भएका मतदातामध्ये ६४ दशमलव २ करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गरेको जानकारी दिनुभयो ।

facebook sharing button

messenger sharing button

twitter sharing button

sharethis sharing button

प्रतिकृया दिनुहोस

चीनमा बाढी : ज्यान गुमाउनेको सङ्ख्या ३८ जना पुग्यो

एजेन्सी । चीनमा मुसलधारे वर्षाका कारण बाढी आउँदा ज्यान गुमाउनेको सङ्ख्या ३८ जना पुगेको छ । दक्षिण चीनको गुआङडाेङ प्रान्तमा यो हप्ताको मुसलधारे

ट्रम्पलाई एकै व्यक्तिले दिए ५० मिलियन डलर चन्दा

काठमाण्डौ ।  अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पलाई अर्बपति टिमोथी मेलन एक्लैले ५० मिलियन डलर बराबरको चन्दा दिनुभएको छ । यसअघि

राहुल गान्धी बने भारतको विपक्षी दलका नेता

प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख प्रतिद्वन्द्वी राहुल गान्धीलाई शनिबार संसदमा भारतको विपक्षीको नेतृत्व गर्न मनोनयन गरिएको छ ।   मोदीले