• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

सहकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको गृहमन्त्री लामिछानेको आरोप

काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप लगाउनुभएको छ । चितवनमा आज बिहान पत्रकारसँगको कुराकानीमा उहाँले भगाएको मानिस खोज्न समय लाग्ने प्रतिक्रिया दिनुभयो ।

 

राईलाई कसले भगाएको हो रु भन्ने प्रश्नमा लामिछानेले भाग्दाखेरी सरकारमा को थियो रु भनेर प्रतिप्रश्न गर्नुभएको छ । उहाँले राईलाई पक्राउ गर्न आवश्यक केही प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता भएकोले समय लागेको बताउनुभएको छ । राई बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी र पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका छन् । उनी मलेसियामा रहेको भनिएको छ ।

 

मलेसियाका गृहमन्त्रीसँग आफ्नो कुरा भएको मन्त्री लामिछानेको दाबी छ । मलेसियासँग सुपुर्दगी सन्धी नभएकाले पक्राउ गर्न र स्वदेश ल्याउन कठिन भएको उहाँले बताउनुभएको छ ।

 

गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले संसदमा बोल्ने आफ्नो अधिकारको हनन् भएको टिप्पणी पनि गर्नुभएको छ । आफूमाथि लागेको आरोप प्रमाणित गर्न पनि उहाँको चुनौती छ ।

 

गृहमन्त्री लामिछाने समेत जोडिएको भनिएको सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति नबनाएसम्म संसदको अवरोध कायमै राख्ने प्रमुख प्रतिपक्ष दल कांग्रेसले अडान राख्दै आएको छ । संसदीय छानबिन समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नहुँदा हिजोदेखि शुरु भएको संघीय संसद्को बजेट अधिवेशन पहिलो दिन प्रभावित भएको छ ।

प्रतिकृया दिनुहोस

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति आज

काठमाण्डौ ।  नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ।   नेपाल कम्युनिष्ट

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ सांसदको विश्वास

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउनुभएको छ । प्रतिनिधिसभामा आज भएको मतदानमा उहाँको पक्षमा दुईतिहाइ सांसदले भोट हानेका

प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै (प्रत्यक्ष प्रसारण)

काठमाण्डौ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यसूचीसहित प्रतिनिधिसभा बैठक सुरू भएको छ ।   कांग्रेसको समर्थनमा असार ३० गते