• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024

अफगानिस्तानमा बाढी पहिरोमा परेर तीन सयभन्दा धेरै जनाको ज्यान गयो

अफगानिस्तानमा बाढी पहिरोमा परेर तीन सय जनाभन्दा धेरै जनाको ज्यान गएको छ । एक सय २० जनाभन्दा धेरै घाइते भएका छन् । उत्तरी अफगानिस्तानको बाग्लान र ताखर प्रान्तमा आएको ठूलो बाढीले अवस्था भयावह बनाएको बाग्लानका उपगभर्नर मुल्ला आलम माजिदीले बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

 

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठनलाई उद्धृत गर्दै बाग्लानमा तीन सय जनाभन्दा धेरै मानिसको ज्यान गएको र हजारौं घरहरू नष्ट वा क्षतिग्रस्त भएको बताएका छन् । बाढीले बिजुली र सडकसमेत अवरुद्ध हुँदा क्षतिको वास्तविक विवरण समेत सरकारसमक्ष पुग्न सेकेको छैन ।

 

विद्यालय, अस्पताल र सामुदायिक भवनसमेत बाढीमा बगेका कारण मानिसलाई उद्धार गरेर राख्ने ठाउँकोसमेत अभाव रहेको खबरमा उल्लेख छ । आँधी र बाढीले बदाख्शान र सामन्गानसहित अन्य उत्तरी प्रान्तका अधिकांश भागमा पनि क्षति पुर्‍याएको छ । 

प्रतिकृया दिनुहोस

अमेरिकाको नर्थक्यारोलिनामा पहिलो नेपाली पुस्तकालय ‘आरम्भ’ स्थापना

काठमाण्डौ । अमेरिकाको नर्थक्यारोलिनामा नेपालीहरूले पहिलो पटक नेपाली पुस्तकालय खोलेका छन् । नेपाली भाषा साहित्यको संरक्षणको लागी अमेरिकाको

बङ्गलादेशको अन्तरिम सरकार प्रमुख युनुसको शपथ, मन्त्रिपरिषदमा दुई जना विद्यार्थी नेता पनि

एजेन्सी । बङ्गलादेशमा गठन भएको अन्तरिम सरकारको प्रमुखका रुपमा नोबेल पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनुसले शपथ लिनुभएको छ ।   उहाँले अन्तरिम

नोबेल पुरस्कार विजेता युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त

काठमाण्डौ ।  बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन्।   नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद